सुचना, समाचार र मनोरन्जन

तीन देशमा साकारको म्याजिक ट्रेन्डिङमा

काठमाडौं :

‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गरेका छन् । ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ ।साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ३ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ ।

तीन दिनअघि रिलिज गीतको भिडियो हालसम्म पाँच लाख बढी दर्शकले हेरिसकेका छन् । भिडियोमा फिचर्ड ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन् । साकारको एलबम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि उनले ‘म्याजिक’ दर्शकमाझ ल्याएका हुन् ।

‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा आएको थियो ।
साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए ।

‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु । यो गीतमा दर्शकले ¥याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ । यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ।’

झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ । भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ ।भिडियो निर्माणमा कुनै कञ्जुस्याई नगरिएको निर्माण टिमले जनाएको छ । केही वर्षयतादेखि झोले र साकारले सहकार्य गरिरहेका छन् । साकारले आगामी दिनमा पनि ८८ सेभेजगडसँग मिलेर अन्य भिडियोमा सहकार्य गर्ने जनाएका छन् ।

साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन् । उक्त कार्यक्रमको व्यवस्थापन गर्दै आएको पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)का संस्थापक निर्देशक विकेश कायस्थका अनुसार साकारको कार्यक्रमका लागि तयारी तिब्र गतिमा भइरहेको छ । यो कम्पनीले केही समययता साकारको सांगीतिक कर्मको व्यवस्थापन गर्दै आएको छ ।
https://www.youtube.com/watch?v=MYDjrJrXzKA

 

Leave A Reply

Your email address will not be published.