सुचना, समाचार र मनोरन्जन
Sarangi

‘छक्कापञ्जा ५’को घरेलु बक्स अफिसमा १० दिनको कमाई १५ करोड ४० लाख ग्रस

काठमाडौं :

गत फूलपाती अर्थात असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले घरेलु बक्स अफिसमा उछाङ मारिरहेको छ। फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी १५ करोड ४० लाख ग्रस कमाई गर्दै सर्वाधिक छलामङ मारेको हो।

विभिन्न आरोप तथा पत्यारोप खेप्दै आएको यो फिल्मले छोटो समयमा नै सर्वाधिक कमाई गर्न सफल भएको छ। दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्मले पहिलो साता ११ करोड ५० लाख ग्रस कमाएको थियो।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबार बेलुका सार्वजनिक गरेको बक्स अफिस कलेक्सनमा उक्त हिसाब उल्लेख छ। कम्पनीका अनुसार फिल्मले दोस्रो साता अर्थात विहिबार १ करोड २० लाख, दोस्रो शुक्रबार पनि १ करोड २० लाख र दोस्रो शनिबार १ करोड ५० लाख ग्रस कमाइ गरेको थियो। ‘छक्कापञ्जा ४’ले दोस्रो सप्ताहन्तसम्म साढे १० करोड ग्रस कमाई गरेको थियो। चौंथो श्रृंखलाभन्दा पाँचौको कमाइको गति राम्रो छ।

फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, केदारप्रसाद घिमिरे लगायतको अभिनय छ। यो फिल्म मध्यपूर्व, अमेरिका, अष्ट्रेलिया लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज भएको छ।

Leave A Reply

Your email address will not be published.