सुचना, समाचार र मनोरन्जन

‘१२ गाउँ’को पहिलो रिलिजको ६ घण्टामै नै ट्रेण्डिङ ११मा

काठमाडौं :

एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत युटुबको ट्रेण्डिङ ११मा आएको छ। गीतको भिडियो सार्वजनिक गरिएको ६ घण्टामै युटुबको ट्रेण्डिङ ११मा आएको हो।

शनिबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालले छमछमी नाचेका छन्। गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन्। उनी र समीरलाई सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन्। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले फिल्मको लागि निकै मेहनत गरेको देखाउँछ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ। फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनेको छ। जसले गर्दा दर्शकमाझ फिल्मको गीतको प्रतिक्षा रहेको थियो । गीत सार्वजनिक भएसँगै दर्शकले समीरको एक्सनसँगै डान्स पनि उत्कृष्ट रहेको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ।

यो फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन्। फिल्म विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ।

एक्सन थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्। महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ। फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.