सुचना, समाचार र मनोरन्जन

लिलामी गरे विभूषण रद्द हुने महावीर पुनलाई सरकारको चेतावनी

काठमाडौँ/

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारले प्रदान गरेको पदक लिलामीमा नराख्न सचेत गराएको छ।

Chaka Panja

गृह मन्त्रालयले मंगलबार पुनलाई पत्र लेख्दै सरकारले प्रदान गरेको विभूषण बन्धकी वा ब्रिक्री गर्न नपाइने र त्यसो गरे विभूषण रद्द हुने जनाएको छ।

‘‘कुनै नेपाली वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ गृह मन्त्रालयले पुनलाई लेखेको पत्रमा उल्लेख छ।

सरकारले पुनलाई उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण प्रदान गरेको थियो। पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम जुटाउन भन्दै आफूले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु लिलामी गर्ने घोषणा गरेका थिए।

Leave A Reply

Your email address will not be published.