सुचना, समाचार र मनोरन्जन
Sarangi

‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’ राष्ट्रनिर्माता गौरव अभियान गठन, सिरोज विजयको नेतृत्व

अभियानले १००८ सदस्यीय संघर्ष समिति बनाउने

पोखरा/

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाका लागि राष्ट्रनिर्माता गौरव अभियान शुरु भएको छ ।

सिरोज विजय कोइराला संयोजक रहने गरी ‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’, राष्ट्रनिर्माता गौरव अभियान गठन गरिएको हो । बुधबार बसेको भेलाले ५१ सदस्यीय अभियानको सहसंयोजकमा १० जना चयन पनि गरेको छ ।

सहसंयोजकहरुमा पदम बहादुर कार्की, शेरबहादुर उचाई ठकुरी, नारायण गुरुङ, जगन्नाथ कोइराला, गणेश बराइली, भुपेन्द्र गिरी, गणेशबहादुर क्षेत्री, अशिल कुमार शाही, कृष्णप्रसाद पौडेल र प्रकाश थापा छन् । सचिवमा अर्जुन खनाल र हिमाल खड्का तथा प्रवक्ता अरुण गिरी तोकिएका छन् ।

कोषाध्यक्ष तोत्र बहादुर बानियाँ र सहसचिव अभिमन्यू पाण्डे विक्रम छन् । प्रमुख सल्लाहकारमा प्राडा दिलबहादुर क्षेत्री तथा सल्लाहकारहरुमा प्राडा नारायणप्रसाद अधिकारी, खिमबहादुर शाही र शंकर खराललाई चयन गरिएको छ ।

तत्काल अभियानको दुई उद्देश्य रहेको प्रवक्ता अरुण गिरीले जानकारी दिए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनर्स्थापना हुनुपर्ने र राष्ट्रियता, इतिहास र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य अभियानको रहेको उनले जनाए ।

अभियानले १००८ सदस्यीय संघर्ष समिति बनाउने निर्णय गरेको छ । यस्तै, विभिन्न उपसमिति बनाउने र चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने अभियानले जनाएको छ । यसअघिका आन्दोलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.