सुचना, समाचार र मनोरन्जन

पोखरामा चरकले गर्यो पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया

पोखरामा पहिलो  पटक मुटुकै ठुलो  शल्यक्रिया (अप्रेसन) कम्प्लिक्स हार्टको शल्यक्रिया सफल भएको  छ । पो खरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको  सफल शल्यक्रिया सफल भएको  हो  ।

पोखरा /

पोखरामा पहिलो  पटक मुटुकै ठुलो  शल्यक्रिया (अप्रेसन) कम्प्लिक्स हार्टको शल्यक्रिया सफल भएको  छ । पो खरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको  सफल शल्यक्रिया सफल भएको  हो  ।

गण्डकी प्रदेशमा नै पहिलो पटक ओपन हार्ट सर्जरी भएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए । पोखराका ४५ वर्षका विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको पोखरेलले बताए । ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. भट्राईले जानकारी दिए ।

ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा. भट्राईले जानकारी दिए ।

मनमोहन कार्डियाक सेन्टरका विभागीय प्रमुख डा. भट्राईको नेतृत्वमा सर्जन डा. कृष्ण बस्याल, डा. अर्जुन गुरुङ लगायतको टिमले ३ घण्टा लगाएर सफल ओपन हार्ट सर्जरी गरिएको उनले बताए ।

अस्पतालले करिब ३ करोडको लागतमा मुटुरोगका लागि आवश्यक इक्विपमेन्ट खरिद गरेको पनि निर्देशक पोखरेलले बताए । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरमा मात्र मुटुका बिरामीले १ लाख रुपैयाँ सहयोग पाउँछन् पोखराको चरकमा पनि त्यो सुविधा शुरु भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.