सुचना, समाचार र मनोरन्जन

देश विकासको लागि आईटी क्षेत्रमा उल्लेख्य सुधारको आवस्यकः मन्त्री बस्नेत

काठमाडौँ/

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आईटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन् । आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संसारभर आईटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढिरहेको उल्लेख गरेका हुन् ।

Chaka Panja

उनले एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए । उनले भने, ‘एकछिनलाई मानी लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आईटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्ष भित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।

Leave A Reply

Your email address will not be published.