सुचना, समाचार र मनोरन्जन

‘द भेलो सिटी स्कुलमा धन्कियो ‘बोतलको पानी’,राजेन्द्रले हँसाए दर्शक

काठमाडौं :

‘द भेलो सिटी स्कुलको आयोजनामा भएको गाईजात्रा महोत्सव समापन भएको छ । महोत्सवमा स्कुलका बालबालिकाहरुले नाटक,नाच र गायन प्रस्तुत गरेका थिए।

Pach Pandav

सोही कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले गाईजात्रे प्रहसन गरेका थिए। ‘बोतलको पानीले’ लगायत दर्जनौ चर्चित गीतका गायक भोजराज काफ्लेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर मनोरन्जन दिए। हास्यकलाकार तथा जादूगर राजेन्द्र गिरिले हास्य प्रहसनका साथै जादु देखाएर दर्शक हसाएका थिए।

महोत्सवको प्रमुख अतिथि कागेशोवरी मनोहरका मेयर उपेन्द्र कार्की रहेका थिए। निर्देशक सुरेन्द्र क्षेत्रीले गरेको यो महोत्सवमा देशको कला र परम्परा झल्किने पोशाक लगाइएका थिए। स्कुलको प्रन्सिपल रेखा खनालले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै लैजाने बताईन् ।

Leave A Reply

Your email address will not be published.