सुचना, समाचार र मनोरन्जन

सुवास नेम्वाङको सम्झनामा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

काठमाडौँ/

नेकपा एमालेले सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ । आगामी २ असोजमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठी गर्ने कार्यक्रम तय भएको केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले बताए ।

उनका अनुसार, श्रद्धाञ्जलीमा हुने विचार गोष्ठीमा अरु दलका नेताहरुलाई पनि बक्ताका रुपमा बोलाइनेछ । राजधानी काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली आफै प्रमुख बक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई जिम्मेवारी पठाइएको छ ।

कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यष विष्णु पौडेल मुख्य बक्ता रहनेछन् ।

Leave A Reply

Your email address will not be published.