सुचना, समाचार र मनोरन्जन

सन्तोष सेनको ‘बलिदान’मा प्रदीप खड्काको चान्स कति ? 

काठमाडौं :

निर्देशक तथा निर्माता सन्तोष सेनले आफ्ना हरेक फिल्ममा अभिनेता प्रदीप खड्कालाई अभिनय गराउँदै आएका थिए। फिल्म ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापनि यहि टिमले पाएको थियो। यसको सफलतापछि निर्माता  सेनले आगामी फिल्मको रुपमा ‘बलिदान’ निर्माणको घोषणा गरेका छन्। उनले मंगलबार फिल्मको नाम घोषणा गर्दै  तिहारपछि छायांकनमा जाने जानकारी दिए।

उनका अनुसार फिल्मले सोसियो–पोलिटिकल ड्रामा जनरामा फिल्म निर्माण हुने छ । राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा फिल्मले बोल्ने छ। उनले फिल्मको कलाकार को को हुनेछन् भन्ने बारे खुलाएका छैनन्।

Chaka Panja

उनको अधिकांश फिल्ममा सहकार्य गर्दै आएका प्रदीप खड्का हुन्छन् कि हुँदैनन् भन्ने कौतुहलता आम जनमानसमा बढेको छ। उनको सामाजिक सञ्जाल फेसबुकमा प्रदीप खड्काले बधाई समेत दिएका छन्। तर उनको यस फिल्ममा अभिनय हुन्छ हुँदैन भन्ने बारे केहि खुलाइएको छैन।

यो फिल्मलाई निर्माताले चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिसकेका छन् । ६ करोड बजेट बताइएको यो फिल्मको छायांकन मधेश प्रदेशका विभिन्न स्थानमा हुने बताइएको छ। निर्माता सेनका अनुसार यो प्रोजेक्टपछि मात्रै फिल्म ‘प्रेमगीत’को चौंथो श्रृंखला निर्माण हुनेछ।

Leave A Reply

Your email address will not be published.