सुचना, समाचार र मनोरन्जन
Sarangi

कांग्रेसबिनाको सरकारको कल्पना गर्न सकिँदैनः अध्यक्ष नेपाल

काठमाडौँ/

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।

मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री नेपालले अहिलेको संसदको संरचनामा शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको धारणा राखेका हुन् ।

को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन ।’

१४ असोजमा काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अहिलेको सरकारबाट कांग्रेसलाई फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । उनले अहिले समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने र आलोपालो प्रणालीमा कांग्रेसको प्रधानमन्त्री भएका बेला कांग्रेसले एकल सरकार चलाउन पाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न खोजिरहेको तर पर्याप्त नभएको नेता नेपालले बताए ।

Leave A Reply

Your email address will not be published.