सुचना, समाचार र मनोरन्जन

चीनमा रहेका गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात

नको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

काठमाडौं /

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ ।

चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।

बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए। हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

Leave A Reply

Your email address will not be published.