सुचना, समाचार र मनोरन्जन
Sarangi

नेसपाले प्रधानमन्त्री उद्धार कोषमा १० लाख जम्मा गर्ने

काठमाडौँ/

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ ।

समाजवादी पार्टीको आइतबार बसेको बैठकले पीडितहरुको उद्दार तथा राहतमा खट्न पार्टी पङ्तिलाई निर्देशन दिएको छ । उद्धार र राहतलाई प्रभावकारी बनाउन पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहको नेतृत्वमा ३ सदस्यीय टिम बनेको छ । राहतका लागि खाद्यान्न लगायतका सामाग्री संकलन गर्ने निर्णय पनि भएको कार्यालय प्रमुख रोशन पोखरेलले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.