सुचना, समाचार र मनोरन्जन
Sarangi

भूकम्प पीडितलाई माओवादी केन्द्रले ५० लाख दिने

काठमाडौँ/

सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

‘बैठकले पीडितहरूको उद्धारका लागि रु ५० लाख दिने निर्णय भएको छ । राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस/मोर्चा लगायतलाई निर्देशन दिएको उनले बताए । शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् ।

Leave A Reply

Your email address will not be published.