सुचना, समाचार र मनोरन्जन
Sarangi

कुमुदिनी होम्स र फिस्टेल अस्पतालद्वारा भूकम्प पिडितका लागि ३ लाख ३३ हजार बढी सहयोग

पोखरा ।

पोखरा ४ गैह्रपाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालय तथा फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरले भूकम्प पिडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन् ।

अध्यक्ष अशोक पालिखेले विपदमा परेका दाजुभाई दिदिबहिनीहरुको लागि राहत तथा पुर्नस्थापनाका लागि सहयोग होस् भन्ने हेतुले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत सहायता कोषमा जम्मा गरिएको जनकारी दिए ।

पालिखेका अनुसार कुमुदिनी होम्स विद्यालयको तर्फबाट १ लाख ११ हजार १११ रुपैयाँ तथा फिस्टेल हस्पिटलको तर्फबाट २ लाख २२ हजार २२२ रुपैयाँ गरी कुल ३ लाख ३३ हजार ३३३ रुपैयाँ सो कोषमा जम्मा गरिएको हो ।

२०७२ सालको भूकम्प र कोशी वाढीपिडितहरुको लागि कुमुदिनी होम्स तथा फिष्टेल अस्पतालले राहत सहयोग गरेको पालिखेले स्मरण गरे । उनले भने, कसैलाई अफ्ठेरो परेको बेलामा सहयोग गर्नु मानवताको लागि महत्वपूर्ण कुरा हो । उनले सकेको सहयोग गर्न सबैमा आग्रह पनि गरे।

विपद कतिबेला पर्छ, कतिबेला आउँछ कसैलाई थाहा हुँदैन । यसका लागि सामान्य समयमा पनि विपद परेको बेला तुरुन्त प्रतिकार्य गर्नका लागि आवश्यक परामर्श तालिमको आवश्यक्ता हुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.