सुचना, समाचार र मनोरन्जन

भुकम्प पिडितलाई कलाकार संघको २५ हजार

काठमाडौं :

जाजरकोट भूकम्पबाट प्रभावितलाई राहतस्वरुप आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। यसै क्रममा नेपाल चलचित्र कलाकार संघले पनि केहि आर्थिक प्रदान गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै संघको तर्फबाट २५ हजार रुपैयाँ तथा कार्यसमिति सदस्य एवं साधारण सदस्य कलाकारले व्यक्तिगत रुपमा सहयोग गरेको उल्लेख गरेको छ ।

Gokarna Karki

अध्यक्ष मोहन निरौलासहित कलाकारहरु नम्रता खरेल, उद्धव भट्टराई, पुकार भट्टराई, पवन केसी, सविन श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, रोशन श्रेष्ठ र सुनिल कटुवालले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको विज्ञप्तीमा बताइएको छ। अध्यक्ष निरौलाद्वारा विज्ञप्तीमा संकलित कुल ३९ हजार ८३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो।

‘कम सानो भए पनि एकापसको सद्भाव, भाइचारा र मानवतालाई शिरमा राखी कर्तव्य र धर्म निर्वाह गरी मल्हम लगाउने सानो प्रयास गरेका छौं । थोपाथोपा मिलेर पोखरी हुन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ । भूकम्पमा परी निधन भई दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र परिवाजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

Leave A Reply

Your email address will not be published.