पोखरा /
आईसीसीले सन् २०२३ को विश्वकप खेल्ने खेलाडीहरूमध्येबाट ड्रिम टिम टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीलाई स्थान दिइएको छ । आईसीसीले यसलाई ‘टिम अफ द टुर्नामेन्ट’ भनेको छ ।
आईसीसी विश्वकप टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । टोलीको कमाण्ड पनि भारतीय कप्तान रोहित शर्मालाई सुम्पिएको छ ।
आइतबार अहमदाबादमा भएको फाइनलमा अष्ट्रेलियासँग भारतीय टोली पराजित भएको थियो ।
अस्ट्रेलियालाई च्याम्पियन बनाएका र फाइनलमा म्यान अफ द म्याच चुनिएका ट्राभिस हेडले आइसीसी टोलीमा स्थान पाउन सकेका छैनन् । फाइनलमा हेडले १३७ रन बनाएका थिए ।
यो टोलीमा दुई अस्ट्रेलियाली खेलाडी ग्लेन म्याक्सवेल {४०० रन} र एडम जाम्पा {२३ विकेट}ले स्थान पाएका छन् ।
टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । रोहित शर्मा {५९७ रन} टिमको कप्तान बनेका छन् । टोलीमा परेका भारतीय खेलाडीमा विराट कोहली {७६५ रन}, केएल राहुल {४५२ रन}, रविन्द्र जडेजा {१२० रन र १६ विकेट}, जसप्रित बुमराह {२० विकेट} र मोहम्मद शामी {२४ विकेट} छन्।
यो टोलीमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक {५९४ रन} र जेराल्ड कोएट्जी {१२औं खेलाडी}, न्यूजिल्याण्डका ड्यारेल मिचेल {५५२ रन} र श्रीलंकाका दिलशान मधुशंका {२१ विकेट} छन्।
टोली छनोट गर्नेमा इयान बिशप, तीन कमेन्टेटर, एकजना पत्रकार र आईसीसीका महाप्रबन्धक वासिम खान थिए ।