काठमाडौं :
विगतमा दर्जनौ गीत श्रोतामाझ पुगेको भएपनि पछिल्लो समय सार्वजनिक भएको ‘के गुलियो छ र सखर चिनी’, ‘पछि पछि लागेर’ बोलको गीत र भिडियोले चर्चामा आएका गायक पदम राईलाई सांगितिक कार्यक्रममा भ्याइ नभ्याई छ। उनलाई केहि गीतले चर्चाको शिखरमा पुराएपछि सांगितिक कार्यक्रमका लागि देश तथा विदेशमा दौडधुपमा छन्।
यसो हेरे पुर्वतिरले चर्चा बटुली रहेको अवस्थामा ‘जागिर खान्छु सरकारी अड्डामा सार्वजनिक भएपछि थप चर्चामा रहन सफल गायक राईको हालै बजारमा आएको बाटो घुमाउरो बोलको भिडियो आम श्रोता, दर्शको रुचिको बनेपछि गायक पदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीहरुको समेत रुचिको गायक बनेका छन् ।
केही साता पहिले दक्षिण कोरिया सांगीतिक भ्रमण सक्काएर नेपाल फर्के लगतै पूर्वाञ्चलको इलाम, पाँचथर, धरान लगायतका स्थानमा सांगीतिक कार्यक्रममा ब्यस्त रहेका गायक पदम राई यही मंसीर १६ ‘२ डिसेम्बर २०२३’ मा हङकङमा हुने सांगीतिक कार्यक्रमको लागि तयारीमा जुटेका छन् ।
एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङ को. व्दारा हङकङ स्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक राईले आफ्नो दर्जन भन्दा बढी चर्चित गीतले उपस्थित पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् भने उनिसंगै गायिका खुशी थुलुङ्गको पनि प्रस्तुति रहने छ ।