सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

कोत्रे—गगनगौंडा २० किमि ६ लेनको बन्ने

पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरी पर्छ । उक्त दूरीमध्ये करिब २० किलोमिटर दूरीमा ६ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेन सडक हुनेछ ।

तनहुँ /

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड विस्तार भइरहेको छ । गत २ वर्षदेखि यस खण्डलाई २ भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ ।

पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरी पर्छ । उक्त दूरीमध्ये करिब २० किलोमिटर दूरीमा ६ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेन सडक हुनेछ ।

सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन–पोखरा सडक आयोजना ९पश्चिम खण्ड०का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र १ सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ ।

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ ।

IVF Big

पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ । पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर र पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दूरीमा निर्माण भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ, सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ ।

पश्चिम खण्डमा यस कारण ढिलाइ :

पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युत्को पोल र तार हटाउन नसकिएका कारण निर्माणमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब ६ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इन्जिनियर पौड्यालले बताए ।

उक्त सडक खण्डमा निर्माण हुने ४ लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल बिच्छाउन थालिएको छ । करिब ११ किलोमिटर दूरी २ लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य छ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ ।

रासस /

Leave A Reply

Your email address will not be published.