सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

यो देश युवाको हो

सम्पादकीय /

गरिखानका लागि युवा विना भत्ता सडकमा निस्केर विरोधको बतास सुसेल्नु र विद्रोहको आवाज ओकल्नु चानचुने कुरा होइन् । युवालाई कसैले नेतृत्व गरिहेको छैन् न त यिनको कुनै चलनचल्तीको संगठन छ । यद्यपि युवाले उठाएका माग भने समकालनीन राजनीतिक वेथितको प्रतिबिम्वन हो । सरकारले सडकमा उत्रिएक युवालाई तथाकथित हुलहुज्जत गर्ने भीड र घुसपैठको संज्ञा दिएर मात्रै यो समस्या थामथुम हुँदैन्। नेपालको राजनीतिक संरचना परिवर्तनका लागि विभिन्न समयमा युवाहरूले उल्लेखनीय भूमिका खेलेका कारण नै नेतृत्वले ठाउँ पाएको हो । पुसको जाडोमा विरोधको आगो ओकलेका युवालाई पानीको फोहराले तह लगाउने, लाठीचार्ज गर्ने, गोली हान्ने र आफ्नै आँखाबाट देशको भविष्य हेर्न चाहने युवालाई अँशुग्याँस फालेर तितरवितर त गर्न सकिएला, सिर्जनशील हातहरुमा डण्डा लगाउन सकिएला तर उनीहरूले उठाएका जायज मागलाई नजरअन्दाज गर्न सकिदैन् ।

IVF Big

युवाहरू सरकार खोजिरहेछन् तर सरकार देख्दैन युवाहरू । युवाहरूको गीत सुन्न चाहँदैन सरकार त्यसैले विद्रोहको स्लोगन स्थापित हुँदैछ । सरकार यसलाई तमासाका रूपमा हेरिरहेको छ । राज्य संयन्त्रको जग र जरालाई हल्लाइदिएको छ । वेथिति, विसङ्गति र विकृतिका विविध पाटालाई उजागर गरिदिएको छ । सरकार असफलताको मार्गमा यात्रा गरिरहेको छ । जनजीविकाका विविध सवाललाई सम्बोधन गर्ने चुकी रहेको छ । हरेक निर्णय र कदम एकपछि अर्को आचोलित हुँदै गएका छन् । सङ्कटको समयमा गरिएका कामहरू अपारदर्शी हुँदा विरोधको बतास चलिरहेको छ । पारदर्शीता नहुँदा सुशासनमा वाधा पर्छ नै साथै जवाफदेही नबन्दा कुशासन चलेको महसुश युवाले गरेका छन् । सरकारी निर्णय रङ जाने कपडा झैं खुइलिँदा आलोचनाको बीऊ रोपिको छ । कार्यविधि, कार्यान्वयन र सेवा प्रवाह यति फितलो छ कि नागरिकहरू आजित छन् । नागरिकप्रति राज्य उदासीन हुँदा अर्कोपटक भोट हाल्ने जाँगर समेत नचल्न सक्छ । सरकारले जारी गरेको फरमानलाई अवज्ञा गर्न युवा किन तम्सिए ? निः सन्देह सरकार त नागरिकको अभिभावक हो तर भूमिका आश्वस्त पार्ने खालको छैन् ।

अहिले त युवाहरू मात्रै सडकमा ओर्लिए छन् । भावी दिनमा ‘कुनै समय हामी पनि युवा नै थियौं’ भन्ने प्रौढहरू, भोलि हामी पनि युवा हुन्छौं भन्ने किशोरहरू र तिनका अभिभावकहरू नागरिक स्तरबाटै अभियानमा मार्च गरे भने सत्ताको धङ्धङ्गीमा रहने नेतृत्वलाई आफ्नो चेतनाप्रति झट्का लाग्नेछ । नागरिकको चेतनालाई कुनै तानाशाहले थुनछेक गरेको इतिहासमा छैन् ।

सरकारविरुद्ध अभियानमा जुटेका युवाको गन्तव्य कहाँ हो अनुमान बेलैमा गर्नुपर्छ । सरकारी भाषाको नियम उल्लङ् गर्ने युवा जमातलाई कुनै किस्सा र उखानले थमौती गर्न सक्दैन् । सचेत युवाको समूह जरुर शिक्षित । सरकारसँग जनता असन्तुष्ट छन् भन्ने कुराको छनक पनि हो यो । अहिले त युवाहरू मात्रै सडकमा ओर्लिए छन् । भावी दिनमा ‘कुनै समय हामी पनि युवा नै थियौं’ भन्ने प्रौढहरू, भोलि हामी पनि युवा हुन्छौं भन्ने किशोरहरू र तिनका अभिभावकहरू नागरिक स्तरबाटै अभियानमा मार्च गरे भने सत्ताको धङ्धङ्गीमा रहने नेतृत्वलाई आफ्नो चेतनाप्रति झट्का लाग्नेछ । नागरिकको चेतनालाई कुनै तानाशाहले थुनछेक गरेको इतिहासमा छैन् । देशको प्रमुख सहरमा अरिङ्गाल भन्दा माहुरी देखिएका छन् । सरकारका निर्णय र कदमको विरुद्ध धावा बोल्दै स्वतन्त्र ढङगमा स्वतस्फूर्त युवाहरू सरकार विरुद्धको प्रदर्शनमा उत्रिएका छन् । युवाहरूले लेखेका नारा र प्लेकार्डको भाषा र भाका सरकारले बुझ्ने खालको छ र तर तमासा भनेर कटाक्ष गरेर पार लाग्ने छैन् । दलसँग साइनो नभएका युवाहरूको आवाज भनेको सरकारको ध्यानाकर्षण गर्नु हो सरकारले ध्यान दिएन भने युवाको लस्कर झन् बढ्ने छ । युवाहरू चिढिए भने कसले फकाउँछ ? प्रधानमन्त्री प्रचण्डले अविलम्व युवालाई सडकमै पुगेर समय मै सम्बोधन गर्नुपर्छ । ‘यो देश युवाको हो मुलुकको भविष्य युवाको काँधमा छ ।’

Leave A Reply

Your email address will not be published.