पोखरा ।
पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको सालिकमा माल्यार्पण गरिएको छ । ७९ औं जन्मजयन्ती शनिबार पोखरामा माल्यार्पण गरिएको हो ।
पोखरा–१० वीरेन्द्र चोकमा ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा माल्यार्पण र साँझ दीप प्रज्जवलन समेत गरिएको सालिक निर्माण समितिका अध्यक्ष मेजर गणेशबहादुर क्षेत्रीले जानकारी गराए । क्षेत्रीको अध्यक्षतामा स्थानीय अगुवा मनवीर गुरूङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायतको उपस्थिति थियो ।
जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिए पनि शिलालेख स्थापना र रंगरोगनपछि सालिक अनावरण गर्ने तयारी भइरहेको पुनःनिर्माण समितिका सचिव अरुण गिरीले जानकारी दिए ।