सुचना, समाचार र मनोरन्जन

राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैनः प्रकाशमान सिंह

ललितपुर /

पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन्।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ को प्रदेश {ख} क्षेत्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’ विषयक प्रशिक्षण कार्यक्रममा नेता सिंहले ‘राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन’ भने।

संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको बताए।

“तीनवटै तहका सरकारलाई बलियो बनाउनुपर्नेमा उनीहरु संसद् भङ्ग गर्नतिर लागे”, नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन पार्टी क्रियाशील हुनुपर्नेमा जोड दिए।

बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिँदै टोल समितिसम्म कार्यकर्तालाई सक्रिय रहन अनुरोध गरे। उनले कार्यकर्तालाई देशको संविधान र पार्टीको विधान अध्ययन गर्न सुझाव दिए।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने बताउँदै संगठन बिना पार्टी सुदृढीकरणको परिकल्पना गर्न नसकिने धारणा राखे।

Leave A Reply

Your email address will not be published.