पोखरा/
पोखरा महानगरपालीका सहकारी ऐन २०७५ को दफा ९७० बमोजिम दर्ता भइ संचालनमा आएको गन्तब्य अन्नपुर्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको पाँचौ बार्षिक साधारण सभा तथा दोस्रो साधारण सभा पोखरा महानगरपालिका वडा नं २ स्थीत अनन्ता सामुदायिक भवनको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
बिसं २०७६ सालमा स्थापना भएको सो सहकारीको अधिबेशनले आगामी ४ बर्षका लागि दिपेन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा निर्बिरोध रुपमा नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण प्रसाद तिमिल्सिनाले बताए अनुसार उपाध्यक्षमा यम बहादुर ढकाल, सचिवमा प्रदिप जि।सी।, कोषाध्यक्षमा सन्तोष शर्मा तिमिल्सिना, सचिवमा रामचन्द्र सुनार सदस्यहरुमा गोमा थापा, विष्णुप्रसाद तिमिल्सिना, बिमला सुबेदी, विष्णुहरि तिमिल्सिना, दुर्गा तिमिल्सिना पनि निर्बिरोध चयन भएका छन ।
यसैगरि अधिबेशनले शिव प्रसाद तिमिल्सिनाको संयोजकत्वमा ३ सदस्सिय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यमा बिष्णु कुमार श्रेष्ठ र दिपेश थापा रहेको अधिबक्ता तिमिल्सिनाले जानाकारी दिए।
यसअघि साधारण सभामा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष दिपेन्द्र प्रसाद तिमिल्सिनाले कोभिड १९ कारण धरासायी भएको मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सहकारीहरुको भुमिका महत्वपुर्ण हुने बताए । पोखरा महानगरपालिका वडा नं १८, का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले अधिकांश सहकारी संस्थामा तरलता अभाव देखिएको र सदस्यको बचत फिर्ता गर्न नसकिरहेका अवस्थामा सहकारीले समयमानै ऋण लगानी तथा आर्थिक पारदर्शिताका बिषयमा चनाखो रहनुपर्ने कुरामा बिशेष जोड दिए । साथै सहकारी क्षेत्रको अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण रहेको कुरा औल्याउदै सहकारी संस्था सुशासन र पारदर्शी कारोबारमा जोड दिनु पर्ने कुरामा समेत जोड दिए ।
सो अवसरमा संस्थाका सल्लाहकार सुर्य प्रसाद तिमिल्सिनाले सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुरुप अघि बढ्नु पर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा कल्पना ढकाल, गंगाधर तिमिल्सिना, ललित गोतामे, पुर्नाखर तिमिल्सिना, शिब थापा लगाएतले सहकारीको महत्व र यसले समाजमा खेलेको भुमिका बारेमा चर्चा गरेका थिए ।