सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘नेपाल राष्ट्रिय शिक्षक संगठन’ गण्डकी प्रदेशको नेतृत्वका लागि शिक्षक नेताहरुबिच रस्साकस्सी

संगठनको विधानअनुसार प्रहिलो प्रदेश अधिवेशनले अध्यक्ष सहित ३७ जनालाई निर्वाचित गर्ने छ । अन्य पदहरुमा सहमति जुटे पनि अध्यक्षका लागि उम्मेदवारले एकअर्कालाई स्वीकार गर्न नसक्दा निर्वाचनको नयाँ मिति तोकिएको हो ।

पोखरा /

देशकोे अग्रणी शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको पौष २७ र २८ पोखरामा आयोजित प्रदेश अधिवेशनले निर्वाचनका लागि माघ ६ गतेको नयाँ कार्यतालिका प्रस्ताव गरेसँगै नयाँ नेतृत्वका लागि शिक्षक नेताहरुबिच रस्साकस्सी चलेको छ ।

संगठनको विधानअनुसार प्रहिलो प्रदेश अधिवेशनले अध्यक्ष सहित ३७ जनालाई निर्वाचित गर्ने छ । अन्य पदहरुमा सहमति जुटे पनि अध्यक्षका लागि उम्मेदवारले एकअर्कालाई स्वीकार गर्न नसक्दा निर्वाचनको नयाँ मिति तोकिएको हो ।

प्रदेश नेतृत्वमा बलियो दाबेदारी प्रस्तुत गर्नेमा कास्की जिल्ला संगठनका अध्यक्ष रोमहर्षण पौडेल तथा कार्यवाहक प्रदेश अध्यक्ष हरिबहादुर लामिछाने रहेका छन् । निर्वाचन भएको खण्डमा प्रदेश संगठनको अध्यक्षमा शिक्षक नेता रोमहर्षण पौडेलको बलियो सम्भावना देखिन्छ । पौडेल कास्की जिल्लाका अध्यक्ष हुन् ।

कोरना कहरका प्रतिकूल समयमा मुलुकभरको शिक्षा क्षेत्र अन्योलग्रस्त भएका बखत देशैभरका शिक्षकलाई प्रविधिसम्बन्धी तालिम तथा वैकल्पिक शिक्षाको नयाँ मोडल प्रस्तुत गरी पौडेल रचनात्मक नेतृत्व प्रदान गरेका कारण पनि शिक्षकबिच लोकप्रिय छन् ।

Fishtail IVF

कोरना कहरका प्रतिकूल समयमा मुलुकभरको शिक्षा क्षेत्र अन्योलग्रस्त भएका बखत देशैभरका शिक्षकलाई प्रविधिसम्बन्धी तालिम तथा वैकल्पिक शिक्षाको नयाँ मोडल प्रस्तुत गरी पौडेल रचनात्मक नेतृत्व प्रदान गरेका कारण पनि शिक्षकबिच लोकप्रिय छन् । यस्तै रचनात्मक कामको लागि उनैको पालामा कास्की संगठनमा स्थापित अक्षय कोषको राशी अहिले दश लाख भन्दा बढी भइसकेको छ । शिक्षकहरु बीच तल्लो तहसम्मै पहुँच राख्न सक्ने र आफ्नो जिल्लामा उत्कृष्ट कार्यदक्षता हासिल गरेका साथै निडर र निर्भीकरुपमा शिक्षकको माग र मुद्दा लिएर आन्दोलनमा होमिन सक्ने जुझारु नेता भएकोले निर्विकल्प पौडेललाई निर्वाचित गर्नु पर्ने तर्क अधिकांश प्रतिनिधिको रहेको छ ।

यस अघि नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका अध्यक्ष हरिबहादुर लामिछाने पनि संगठनमा चुनावै हुने अवस्था आयो या आफ्ना नाममा सर्वसहमति बन्यो भने पछि नहट्ने मुडमा देखिएको श्रोत बताउँछ । संगठनमा कसले नेतृत्व गर्ने भन्दा पनि किन र के का लागि नेतृत्व भन्ने महत्त्वपूर्ण विषय हो । विभिन्न प्रकृतिका शिक्षकका मागमुद्दा सम्बोधन गराउनका लागि अहिले उपयुक्त अवसर छ साथै चुनौती पनि । तसर्थ, देशको संरचनासँगै शिक्षकका जायज मुद्दाहरु सम्बोधन गर्न नेतृत्व रुपान्तरण हुनु आवश्यक छ भनी अध्यक्षका दावेदार रोमहर्षण पौडेलले कुटनीतिक जवाफ दिए ।

लामो समय प्रदेश संगठनको कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछाने पनि कमजोर प्रतिस्पर्धी भने होइनन् । उनले कुराकानीमा आफ्नो दावी स्वभाविक रहेको बताउँदै आएका छन् ।

लामो समय प्रदेश संगठनको कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछाने पनि कमजोर प्रतिस्पर्धी भने होइनन् । उनले कुराकानीमा आफ्नो दावी स्वभाविक रहेको बताउँदै आएका छन् । हालसम्म पौडेल र लामिछानेबाहेक अन्य प्रतिस्पर्धी मैदानमा देखिएका छैनन् । संगठनको नेतृत्वमा सहमतिका साथ थप छलफल भइरहेको बताइएको छ । सुदृढ एकता र सहमतिका लागि भन्दै अन्य नेतृत्व अघि सर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

अध्यक्षको प्रतिस्पर्धामा चुनाव नै भयो भने पौडेलको पल्ला भारी हुने धेरैको अनुमान छ । पारदर्शिता र कृयाशिलतासँगै प्रविधि र संगठन विस्तारमा उनको विशेष योग्यता रहेको उनी निकटस्थहरु बताउँछन् । कदाचित् सहमति हुन नसके माघ ६ गते तोकिएको महाधिवेशनको नयाँ निर्वाचनले सक्षम नेतृत्व चयन गर्नेमा अध्यक्ष मण्डल विश्वस्त छ ।

Leave A Reply

Your email address will not be published.