सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नीर शाह,उद्धव पौडेल,करिश्मा,गौरी मल्ललाई सम्मान,प्याकुरेल अध्यक्ष

काठमाडौं :

इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच विशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानित गरेको छ ।

आइएनएनएफले बिहीबार राजधानीमा आयोजीत आफ्नो प्रथम साधारण सभाको अवसरमा पाँच मुर्धन्य चलचित्रकर्मी नीर शाह,उद्धव पौडेल,भुवन चन्द,मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उनीहरुको अनवतर योगदानको कदर स्वरुप सम्मान प्रदान गरेको हो ।

IVF Big

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट बिभूषित गरियो । चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा बरिष्ट अभिनेता,निर्देशक रमेश बुढाथोकी,अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रबिन्द्र खड्का र निर्माता तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई थिए ।

कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ,मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष,रमेश कोइराला महासचिव,भीष्मराज फुलारा सचिव,ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम बिश्वकर्मा,गणेश सुवेदी,बिनोद चौलागाईँ र मधुर अधिकारी निर्वाचित भएका छन् ।

सीमानाभन्दा परःनेपाली चलचित्र बिषयक अन्तरक्रिया समेत संचालन गरिएको कार्यक्रममा प्रमुख बक्ता नीर शाहले नेपाली चलचित्रको नीतिगत र गुणस्तरिय बिकासमा चलचित्रकर्मीहरुकै बढी कम्जोरी भएकाले यसलाई सच्याउदै लग्नु पर्ने धारणा राखे । प्रमुख अथिति तिमिल्सिनाले नेपाली चलचित्र गैर नेपाली दर्शकसम्म पुर्याउनका लागि पहल गर्नु पर्ने धारणा राख्दै सम्बन्धित निकाय र संघसंस्थाले यसबारेमा गम्भीरताका साथ सोच्नु पर्ने बताए ।

संस्थाका अध्यक्ष प्याकुरेलले आफूहरुको संस्थाले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर बिकास र बिस्तारका लागि बिशेष कार्ययोजनाहरु ल्याउने र चलचित्रसंग सम्बन्धित अन्तराष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले स्रष्टाहरुको उच्च सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि समेत आफुहरु कटिबद्ध रहेको बताए । कार्यक्रममा चलचित्र तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.