पोखरा /
बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीको उपल्लोपुणीमा बृहत निःशुल्क स्वास्थ्य शिविर, स्तन तथा पाठेघर क्यान्सर संबन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा १ सय ७० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य दिनेश आचार्य, मनु कार्की र सचिव मोती भुजेलले जानकारी गराएका छन् । मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि चिकित्सीय सेवा उपलब्ध गराएका थिए ।
समाज कल्याण परिषद स्वास्थ कोषको सहकार्यमा र पो.म.न.पा. वडा ३३ को सहयोगमा सञ्चालित उक्त शिविर डा प्रविन देवकोटाले ८५ वर्षिय ज्येष्ठ नागरिक प्यामनारायण आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पो.म.न.पा. वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य चेकजाँचका लागि घरघरबाट परिवारले नै पहल गर्नुपर्नेमा जोड दिए । कहिले काहीँ आफ्नो घर आँगनमा आउने यस्ता शिविरहरुबाट स्वास्थ्य लाभ लिनुपर्ने बताए ।
समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सदस्य सचिव सुनिता भण्डारीले ज्येष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै नियमित स्वास्थ्य जाँच गराउनुका साथै उनिहरु सँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताइन् ।
शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत डा पुजा झा, डा मनस्वी काफ्ले, डा रस्मिता पराजुली, डा अनिशा गुरुङ, डा प्रेरणा पौडेल, डा पल्लवी राज,डा कृष्टिना जोशी, फार्मिस्ट पशुपतिनाथ मण्डल, स्टाफ नर्स प्रविना भण्डारी, हाउस किपिङ तारा भुजेल, समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी लेखा सहायक अश्मिना खड्का, वडा स्वयंसेवीका लगाएतको प्रविधिक सहयोग बाट १ सय ७० जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका थिए । १७ जना महिलाहरुमा पाठेघर संबन्धी समस्या देखिएकोले थप उपचारको लागि अस्पताल रिफर पनि गरेको छ ।
मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क निर्देशक कृष्णमोहन श्रेष्ठले मणिपाल शिक्षण अस्पताल नेपालीको स्वामित्वमा आए पछि समाजीक दायित्व स्वरुप जनस्वास्थ्य क्षत्रमा यस्ता शिविरहरु गर्दै आइरहेको बताए ।
भुलभुला युवा कल्ब, प्रहरी चौकी, टोल सुधार समिति, मगर समाजले स्थानिय स्वयंसेबकको भुमिका निभाएका थिए । उक्त कार्यक्रममा ज्येष्ठ नागरिक महासंघ नेपालका सचिव कुशुम केशब पराजुली, बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका सचिव मोती भुजेल लगायतले पनि बोलेका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाइ निरन्तरता दिने बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले बताए ।