सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

महिला दिवसका सास्ती र सुस्केराहरू…..

© सुरेश रानाभाट /

                                                                                            विचार… 

नारी दिवस आयो टाउकामा कालो चश्मा राख्नेलाई
नारी दिवस गयो थाप्लामा नाम्लोको सप्को राख्नेलाई
एउटा माघले के जाडो जान्थ्यिो र अर्को साल आउँछ
अधिकारका कुरा चिल्ला चिल्ला प्रतिवेदनमा राख्नेलाई

ऋतु परिवर्तनसँगै आरोहअवरोह पनि चलिरहन्छ र निः सन्देह चल्छ । क्यालेन्डरका पाना फेरिएपछि नै मान्छेले काँचुली पनि फेर्छ । प्रत्येक महिनाका कुनै न कुनै दिन भित्तेपात्रोका कोठाहरू ‘दिवस’ भएर देखिन्छन् । कहिले बालबालिकालाई, कहिले महिलालाई, कहिले आम नागरिकका लागि छुट्टी बनेर अनुहारमा रातो पोतेर सङ्केत गर्छन् । यसैको वहानामा तुल व्यानरसहित प्रभातफेरि, अन्तरक्रिया, सेमिनार, गोष्ठी, सम्मान, जलपान अगणित कार्यक्रमका रूपरेखाहरू बनिरहेका हुन्छन् । दिवसले जे गर्नु पर्ने थियो त्यो गर्दैन, जे नगरे पनि हुने हो त्यो गर्छ । हरहिसाब तयार हुन्छन्, फरफारक हुन्छन् र पारित । अनि प्रगतिको बन्छ एउटा चिल्लो चिल्लो प्रतिवेदन । प्रिय दिवस, तिम्रो नाम भजाएर गरिने यस्ता क्रियाकलापबाट तिमी बेखबर छौं ।

क्लारा जेट्किनले अमेरिकाको सिकागो सहरमा ‘समान काम, समान ज्याला’को सवाल उठान गरेर आन्दोलनमा उत्रिएकी थिइन । खासमा यो सामाजिक रूपान्तरणका लागि क्रियात्मक अभियानका रूपमा सुरू भए पनि महिला हकअधिकार, समानता, सशक्तीकरण, क्षमता अभिवृद्धि, शिक्षा, चेतना आदि मुख्य मुद्धाहरूमा महिला दिवसका विषयहरू गुञ्जयमान बनेका छन् ।

वास्तवमा महिला दिवस आधा आकाश जागरूकताका लागि हो । अङ्ग्रेजी महिनाको मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । यसमा पनि महिलाहरूलाई ललीपप देखाएर पुरुषहरूले नै हालीमुहाली गरेका छन् । क्लारा जेट्किनले अमेरिकाको सिकागो सहरमा ‘समान काम, समान ज्याला’को सवाल उठान गरेर आन्दोलनमा उत्रिएकी थिइन । खासमा यो सामाजिक रूपान्तरणका लागि क्रियात्मक अभियानका रूपमा सुरू भए पनि महिला हकअधिकार, समानता, सशक्तीकरण, क्षमता अभिवृद्धि, शिक्षा, चेतना आदि मुख्य मुद्धाहरूमा महिला दिवसका विषयहरू गुञ्जयमान बनेका छन् । सन् १९०९ फेब्रुअरी २८ मा पहिलो पटक महिला दिवस मनाइए पनि सन् १९१० मा मताधिकारको प्रत्याभूतिसहित महिलालाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको इतिहासमा भेटिन्छ । यसघडी १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको नयाँ संस्करण आइपुगेको छ । यो वर्ष संयुक्त राष्ट्र संघले ‘ महिलामा लगानी ः सभ्य र ममुन्नत समाजको थालनी’ नारा तय गरेको छ ।

कुनै याम यो मुलुकमा पनि जे.वि. टुहुरेले गाएको “आमा दिदी बहिनी हो, कति बस्छ्यौ दासी भई युगको सधैं प्यासी बनेर” भन्ने गीत सरकारी सञ्चार माध्यममा नबजे पनि जनमनमा गुञ्जिन्थियो । हाम्रोमा मात्रै होइन संसारका समस्त महिला समुदाय इतिहासमा दासत्वको साङ्लोले बाधिएका थिए । समाजमा वर्ग छ, वर्गीय समाजमा सबभन्दा शोषित पीडितहरू नै महिला हुन् । वर्गीय समाजको चरित्र पितृप्रधान हुने भएकाले घरेलु हिंसा, असमानता, भेदभावपूर्ण व्यवहार र पुरुष प्रताडनाको शिकार महिला बनेका छन् ।

नेपाली समाजमा महिला विभेद, हिंसा, बलात्कार र हत्याको ग्राफ घटेको छैन् । बन्देज र लक्ष्मण रेखाको घेरो जारी नै छ । छाउपडी प्रथा, बोक्सी प्रथा, दाइजो प्रथा अहिले पनि कुरीतिको भाइरस बनेर सरूवारोगमा रूपान्तरण भएको छ । महिला हिंसाका सवालहरू थाँती राखेर सम्बोधन र शुभकामना मात्रै काफी छैन् । यसको निदान र न्युनीकरण उपरी संरचनाबाटै खोज्नुपर्छ । आवश्यकताको सिद्धान्त अनुरूप अझ आन्दोलनको मैदान फराकिलो बनाएर दबाव सिर्जना गर्न आम महिला जगत् लाग्न बिर्सनु हुँदैन् । नारी, दलित, मधेशी, जनजाति सब टाठाबाठाको मोज गर्ने साधन मात्रै बनेका छन् । उपभोक्तावादी संस्कृतिले नारीलाई “माल” बनाएको छ ।

कुनै पनि बखत विश्वमा मानव मुक्तिको मुद्धा उठान हुँदा महिला मुक्तिको सवाल तगारो जस्तै टड्कारो भएर रहेको हुन्छ । सर्लक्कै आधा आकाश ओगटेका महिला मुक्तिको मामिलालाई दरी मुनी ओछ्याएर मानव मुक्तिको चाहना पूरा नहुने रहेछ भन्ने कुरा पटकपटक भएका आन्दोलन र अभियानले नै सावित गरिसकेको छ । महिलाहरू दासीका रूपमा रहने समाजमा स्वतन्त्रताको सुसेली सुनिएकै हुन्छ । सामाजिक संरचनाभित्र स्वतन्त्रताको कुरा गर्दा त्यहाँ महिलाहरूको स्वतन्त्रताले सूचाङ्कलाई सङ्केत गरिरहेको हुन्छ । समृद्ध समाजमा पनि महिलाहरूको स्थान कहाँ छ भनेर मापन गरिएको हुन्छ ।

नारीवादीहरू केबल महिलाप्रति भइरहेको असमानता, थिचोमिचो, भेदभाव र उत्पीडनबाट मुक्तिका लागि केबल सुन्दर नारा तय गर्छन् जो ¥यालीका प्लेकार्डमा सीमित हुन्छन् । चेतनाको विकास, महिला सशक्तीकरण, क्षमता अभिवृद्धि लगायतका तमाम कुरा यस कित्तामा पर्छन् यद्यपि सारमा यसले काम गर्दैन्, पलाँसको फूलजस्तो सुगन्धरहित हुन्छ, स्वरूपमा सुन्दर नै लाग्छ।

IVF Big

महिला हकअधिकारका विषयमा वहस गर्ने दुईवटा वहाना छन् । सुधारवादी धारले नारीवादीको नारालाई उराल्छ भने क्रान्तिकारी धारले आमूल परिवर्तनको आवाजलाई गुञ्जयमान बनाउँछ । नारीवादीहरू केबल महिलाप्रति भइरहेको असमानता, थिचोमिचो, भेदभाव र उत्पीडनबाट मुक्तिका लागि केबल सुन्दर नारा तय गर्छन् जो ¥यालीका प्लेकार्डमा सीमित हुन्छन् । चेतनाको विकास, महिला सशक्तीकरण, क्षमता अभिवृद्धि लगायतका तमाम कुरा यस कित्तामा पर्छन् यद्यपि सारमा यसले काम गर्दैन्, पलाँसको फूलजस्तो सुगन्धरहित हुन्छ, स्वरूपमा सुन्दर नै लाग्छ । कुराहरू गज्जबका लाग्छन् व्यवहारमा हेर्दा असमान शिक्षा दिएर नारी र पुरुषलाई समान प्रतिस्पर्धाको मैदानमा कुदाइन्छ ।

माक्र्सवादी दृष्टिकोणको क्षितिज अलि फराकिलो हो कि भन्ने मिहिन अनुभूत गर्न सकिन्छ । माक्र्सवादी धारले नैतिक वा शैक्षिक सवालले भन्दा सामाजिक आर्थिक व्यवस्थाले महिला मुक्तिको बाटो चाक्लो हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । सामाजिक रूपान्तरण नभई महिला मुक्तिको मुद्धा ओझेलमा पर्छ । जसका लागि सुधार गरिएको कुरा गमलाको फूल जस्तो हो, जसले बगँैचाको सौन्दर्य दिन असमर्थ हुन्छ भन्ने मान्यता यो धारमा पर्छ । नारीवादीका लागि सामान्य सुधार शोषण र उत्पीडनको दुनियाँमा सरल र हल्का हुने उपाय मात्र हो तर क्रान्तिकारी महिलाहरूका लागि सामाजिक रूपान्तरण लालीगुराँसको जङ्गल हो।

प्रसिद्ध अमेरिकी मानवशास्त्री एभलिन रिडले महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मान्यतालाई सरासर खारेज गर्छिन् । दुनियाँ जगतमा पुरूषभन्दा महिला कदापि कमजोर छैनन् र हुने छैनन् । राणाकालीन कालरात्रीमा योगमायाको साहसिक बलिदानलाई नजरअन्दाज गर्न सकिदैन् । हाम्रो जस्तो पितृसत्तात्मक सोचले नै महिलालाई कमजोर र निम्सरो बनाएको हो । पुरूषको हैकम र इसारामा चल्ने भएपछि जानाजान कम्जोर बनाइएको हो । महिलाहरू अगाडि बढ्नका लागि रोनाधोनाले काम गर्दैन, हाक्काहाक्की आफ्नो हकअधिकार प्राप्तिका लागि सामाजिक रूपान्तरणमा र क्रियात्मक अभियानमा आवद्ध हुनैपर्छ । त्यही कदमले नै महिलाहरूलाई स्थानीय तहका वडा सदस्यदेखि राष्ट्रप्रमुखसम्मको ओहोदामा अनुवाद गरेको हो । मानव सभ्यताको सुरूवाती समयदेखि नै महिलाहरूले प्रकृति र पुरुषसँग समानान्तर सङ्घर्ष गर्दै आएका छन् । त्यसलाई सहकार्य, सद्भाव र सहमतिले नै सफलतामा पु¥याउन सक्छ ।

यो दिन केबल राजधानी केन्द्रित, प्रदेश केन्द्रित र रिङरोड बेस मात्र नभई काठमाडौबाट सिधै कर्णाली र कालीकोट पुगोस् । पोखराबाट सन्देश नै भए पनि पर्वत पुगोस् । दूरदराजका गाउँठाउँमा घाँस दाउरा, मेलापात र वनपाखा, नदीकिनार छेऊमा मजदुरी गर्दै गरेका आमा दिदी बहिनीको आँचलसम्म दिवस पुग्यो भने एक सर्को सन्तोष प्राप्त हुन्छ।

अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ को सूर्योदयसँगै सात समुन्द्र पारिबाट समयको बुईं चढेर घरदेशमा आएपछि स्वागत र सत्कार त अवश्य नै होला । यो दिन केबल राजधानी केन्द्रित, प्रदेश केन्द्रित र रिङरोड बेस मात्र नभई काठमाडौबाट सिधै कर्णाली र कालीकोट पुगोस् । पोखराबाट सन्देश नै भए पनि पर्वत पुगोस् । दूरदराजका गाउँठाउँमा घाँस दाउरा, मेलापात र वनपाखा, नदीकिनार छेऊमा मजदुरी गर्दै गरेका आमा दिदी बहिनीको आँचलसम्म दिवस पुग्यो भने एक सर्को सन्तोष प्राप्त हुन्छ । प्रिय दिवस, सुन त महिलाहरूको सुस्केरा जो सल्लाघारीको सुसाइभन्दा किमार्थ कम्जोर छैन् ।

महिलाहरूले आधा आकाशको हिस्सा ओगटे पनि राजनीतिको मूलसडकमा पुरुषहरूलाई नै बाटो छोडनु पर्ने विड्म्बनाको अन्त्य चाहान्छन् । तेत्तिस प्रतिशतको भागिदार आरक्षणको हिस्सामा हिसी पर्नु कमजोरी हुनेछ । भागिदारको अधिकार लिन पनि राजनीतिक दलका प्रमुखलाई सकारात्मक दवाव दिनु ढिलो गर्नु हुँदैन् । भातभान्सा ढिलो हुँदा कार्यालय समयमा विलम्ब भए जस्तै देश हाँक्ने स्टेरिङसम्म पुग्न लोसेपन घातक हुनेछ । झिसमिसे मै बिउँझेर, कम्मरमा साहसको पटुकी कसेर अघि नबढी सुख्खै छैन् । आफ्ना लागि विरोधको बतास र विद्रोहको झण्डा कसैले बोक्दैनन् पितृप्रधान चरित्रलाई समयमै चुनौती दिने हिम्मत आधी आकाश मै छ ।

महिला सरोकारका मुद्धामा चासो राख्ने र आवाज उठाउने याम पनि हो यो । आन्दोलनको जगमा बनेको संविधानले हरेक निकायमा समानुपातिक आधारमा महिला समावेशीकरणको विषय स्थापित गरेको छ । ऐन कानुन त छन् तर व्यवस्था र विधिसम्मत नभएको गुनासो छ । २०६२÷०६३ पछि मुलुक समावेशितातिर बढे पनि अझै यसको फड्को काफी छैन् । संविधानले ३३ प्रतिशत सहभागिता सुनिश्चित त गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एकतिहाइ महिलाको उपस्थिति देखिएको छ ।

स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको प्रतिशत बढ्न थालेको छ । निजामतिमा पनि महिलाको उपस्थिति सघन बन्दै गएको छ । जनयुद्धको जगमा महिलाको भूमिकाले सेनाप्रहरीमा पनि बाक्लोपन देखिएको छ । यद्यपि गणितको लेखाजोखा गर्दा अझै पर्याप्त छैन् । निर्णायक र कार्यकारी तहमा प्रतिनिधित्व सुनिश्चित छैन् । सङ्घ सरकारमा महिला उपस्थिति झिनो छ । सात प्रदेशमा सातै पुरुष मुख्यमन्त्रीको बाहुल्यता छ । समवेत् यात्रामा सरिक नारी योद्धाहरूलाई नेतृत्वले नै किनारा लगाएको छ । अझ् दलभित्रको उपस्थितिलाई हेर्ने हो भने महिला मनग्य छैनन् । सोच र विचारमा अझै पितृसत्तात्मक धङ्धङी देखिन्छ । धर्म संस्कृतिका अनेकौं जञ्जिरले नारीलाई अझै पनि बाँधिराखेको छ ।

बालदिवसमा बालबालिकालाई पिपलमेट र चक्लेट बाँडेजस्तो महिला दिवसमा फोहर मैला होइन, सफा सपना देखेर पूर्णिमाको जुनेलीमा सुसेली हालेर हिड्ने स्वतन्त्रता प्राप्त होस् । महिला दिवसले आम महिलालाई चाबीको झुप्पो र सुनका जञ्जिरबाट उन्मुक्ति प्रदान गर्ने हैषियत राख्नुपर्छ । कालो चश्मा टाउको र छातीमा होइन आँखा मै लगाऊ । थाप्लामा पर्ने नाम्लोको पातो काँधैमा सजियोस् । पसिना काड्नु अत्तर लगाउनु भन्दा महान् हुन्छ भन्ने मर्मलाई बुझियोस् । प्रिय दिवस, तिमीले पनि समृद्धिको सगरमाथातर्फ लम्कने सहासको सन्देश देऊ ।

प्रिय दिवस,
एकबारको जुनीमा
आफ्ना सन्तानहरूलाई झैं आमाले
मिठो र मलिलो माया गरेकी छन् यो भूमिलाई
सखारै चराको गीतसँगै उठेकी आमा
मध्यरातमा तारासँगै आधा आकाश सुत्छिन्
आमाको हत्केला हेर
के त्यहाँ स्नेहको रेखा कोरिएको छैन् र ?
आमाको पैताला हेर
के त्यहाँ मायाको लय गुञ्जिएको छैन् र ?

suresh.ranabhat@gmail.com

Leave A Reply

Your email address will not be published.