सुचना, समाचार र मनोरन्जन

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, ताल ओभरफ्लो हुँदा बाढी आएपछि तल्लो क्षेत्रमा अलर्ट

काठमाडौं /

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । तालमा हिमपहिरो खस्दा तालको पानी ओभरफ्लो भएर तल्लो क्षेत्रमा बाढी आएको छ । यो ताल गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छ ।

Chaka Panja

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा काठको पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठकका अनुसार स्थानीय सामागाउँ प्रहरी चौकीको टोली ताल क्षेत्रमा पुगेको छ। स्थानीयले ताल फुटेको सूचना दिएको भए पनि घटनास्थल पुगेको प्रहरी टोलीले हिमपहिरोले ताल ओभरफ्लो भएको पाएको पाठकले बताए ।

बाढीले अब थप क्षति गर्ने सम्भावना नदेखिएको पाठकले जानकारी दिए । यद्यपि तल्लो क्षेत्रमा बाढी आउन सक्ने भएकोले सचेत रहन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.