काठमाडौं :
संजय खड्गी, अन्जु पन्तको स्वर समेटिएको ‘आय गोधुली’मा बोलको गीत सार्वजनिक भएको छ। म्युजिक नेपालको युटुब च्यानलमार्फत हालै सार्वजनिक भएको हो। गीतमा गायक खड्गीले नै संगीत भरेका छन्।
यस गीतको भिडियोलाई फिल्म निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन्। उनले भिडियोमा रेजिना उप्रेती, राजन पौडेललाई अभिनय गराएका छन्। उनीहरुको भिडियो र गीत अनुहारको अभिनय सुहाउदो देखिन्छ। भिडियोलाई डम्बर राईले खिचेका हुन्। यस गीतको भिडियोमा मुख्य सहायक निर्देशनको जिम्मा दीपक एसके हुन्।