सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

दुर्गम गाउँका बाउछोराको कथा : दया र पशुपति अभिनित ‘गाउँ आएको बाटो’

काठमाडौं :

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ को टिजर रिलिज भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर रिलिज गरिएको हो।

दुई मिनेट २ सेकण्ड लामो टिजरमा नेपालको पूर्वी पहाडी क्षेत्रको भोजपुरको दुर्गम गाउँमा बस्ने बाबुछोराको सम्बन्धको कथालाई पेश गर्छ। नवनिर्मित बाटोले भारी बोकेर धरानबजारसम्मको यात्रा गर्दै आएका भरिया जिवनको उतारचढावलाई फिल्मले बोल्दछ।

IVF Big

टिजरमा गाउँमा मोटर पुगेपछि त्यसलाई पछ्याउँदै दौडिने बालबालिका र उसको बुबा आमाबीचको खुशी र दुख भुलाउँछ। आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन्। अभिनेता दयाहाङ राईको गाउँ पनि भोजपुर नै हो। उनले आफुले भोजपुरमा रहदा यस्तो दुख नभोगेता पनि आफ्ना पुर्खाले भोगेको अनुभव सुनाए।

यता निर्देशक सुब्बाले फिल्मको बारेमा अझ प्रस्ट्याउदै भने,‘‘सडकले केही लिएर आउँछ, केही दिन्छ र लगेर पनि जान्छ। यो कथा हाम्रो बाल्यकालको कथा पनि हो।’

उनले आफ्नै कथा हो भन्दा फरक नपर्ने समेत बताए। जोस हेरमले खिचेको यो फिल्मको सम्पादन ताइवानका क्वान पुन लुङले गरेका छन्। त्यस्तै फिल्ममा हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन्। निर्देशक सुब्बा र महेश राईले लेखेको यो फिल्मका निर्माता आमोद राई रहेका छन्। मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मले विदेशका अधिकांश फेस्टिभलमा सहभागीपछि नेपालमा रिलिज गर्न लागेको हो।

Leave A Reply

Your email address will not be published.