सुचना, समाचार र मनोरन्जन
Sarangi

नेकपा एसबाट महाधिवेशनका लागि प्रतिनिधि चुनिए, कास्कीबाट २१ जना

पोखरा/
नेकपा एकीकृत समाजवादीले आफ्नो १० औँ महाधिवेशनका लागि देशै भरिबाट प्रतिनिधि छनौट गरेको छ । यही आषाढ १६ गते देखि २० गते सम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि मुलुक भरिबाट एक हजार आठ सय बढी प्रतिनिधि सहभागी छनौट भएका हुन् ।

यसैबिच गण्डकी प्रदेशका ११ जिल्लाबाट पनि प्रतिनिधिहरू छानिएका छन् । पार्टीले आषाढ ५ गते मुलुकभरि एकै पटक प्रतिनिधि चयन गर्ने कार्यपालिका बनाएको थियो । जस अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको पार्टीका गण्डकी अध्यक्ष श्रीनाथ बरालले जानकारी दिएका छन् ।

कास्कीमा ३ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट २० जना र मजदुर फाँटबाट १ जना गरी २१ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं १ वाट खुल्ला ६ जना, महिला २ जना उत्पीडित क्षेत्रबाट १ गरी ९ जना छनौट भएका छन् । यस्तै क्षेत्र नं २ वाट खुल्ला ४, महिला २ र उत्पीडित १ गरी ७ जना र क्षेत्र नं. ३ बाट खुल्ला ३ जना र महिला १ गरी ४ जना तथा मजदुर इलाकाबाट १ जना गरी २१ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।

जसअनुसार कास्की क्षेत्र नं १ बाट खुल्लामा पूर्ण लामा ,डिवी राई, कपिल पौडेल, मधुसूदन देवकोटा, नारायण बजगाईँ र राजन पौडेल, महिलामा के पौडेल, दिलमाया गुरुङ र दलित तर्फ जित बहादुर सुनार प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नं २ वाट खुल्ला तर्फबाट खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्रराज रेग्मी र नवराज सुवेदी, महिला तर्फ शर्मिला पौडेल, दान कुमारी बराल र दलित टङ्क विश्वकर्मा प्रतिनिधिमा चयन भएका छन् । त्यसैगरि निर्वाचन क्षेत्र नं ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पाहारी, ई. दीपेन्द्र बास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदुर इलाकाबाट हरिराम धिताल छनौट भएका छन् ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यमा नेकपा एकीकृत समाजवादी गण्डकीका इन्चार्ज तुल बहादुर गुरुङ, पोलिटब्युरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र अर्का केन्द्रीय सदस्य कृष्ण नेपाली लगायतले आवश्यक सहजीकरण गरेका छन् ।

केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएकाले कास्कीबाट स्थायी कमिटी सदस्यहरू तुल बहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्दिय सदस्यहरू धनराज आचार्य, कृष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रीय निकायका विजयबाबु वनवासी र मदन काजी श्रेष्ठ समेत ९ जना गरी कास्कीबाट ३० जनाको महाधिवेशनमा प्रतिनिधित्व हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.