सुचना, समाचार र मनोरन्जन
Sarangi

रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ। स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका शिर्ष नेताको सहभागितामा चियापान कार्यक्रम गर्दैछ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपा उपाध्यक्ष एवं श्रममन्त्री डिपी अर्यालले जानकारी दिए।

कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण गरेको छ। यसैगरी नेपालस्थित कुटनीतिक नियोगका प्रमुखलाई पनि आमन्त्रण गरिएको छ।

Leave A Reply

Your email address will not be published.