सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं/

नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

IVF Big

आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै आजको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थिति हुन अपिल गरिएको बताए ।

आज बिहान ११ बजेदेखि प्रतिनिधि सभा बस्दैछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिएपछि निर्णायर्थ पेस हुने कार्यसूची छ ।

Leave A Reply

Your email address will not be published.