सुचना, समाचार र मनोरन्जन
Sarangi

बाँसको तामा खाँदा हुन्छन यस्ता फाईदा

तामाको तरकारी जिब्रोको स्वादको लागि मीठो हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीत पनि बनेका छन् । यही तामा मानिसको स्वास्थ्यका लागि पनि उपयोगि मानिन्छ । थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदाः

– बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
– तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।
– पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
– पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
– गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
– ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
– नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
– तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
– तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
– आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
– रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
– फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
– श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।

बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बी, भिटामिन बी६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता थुप्रै तत्वहरू यसमा पाइन सक्छ ।

Leave A Reply

Your email address will not be published.