काठमाडौं :
फिल्मकर्मीको प्रचारशैली पनि फरक फरक हुन्छ। केहि दिन अघिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नमेटिने घाउ’ यस्तै प्रचारप्रसार भइरहेको छ। निर्माण टिमले सत्य घटनामा आधारित फिल्म भन्दै हिजो प्रधानमन्त्री केपी शर्मा ओली राखेको फिल्मको पोस्टर सार्वजनिक गरेर समाचारको मसला बनाए। आज दोस्रो पोस्टर सार्वजनिक गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल राखेर प्रचार थालेका छन्। यस पोस्टरमा माधव नेपाल अटाएका छन् भने प्रधानमन्त्री ओली अटाएका छैनन्। हिजो माधव पोस्टरमा अटाएका थिएनन्।
भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण गरेका हुन्। एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूले नै अभिनय गरेका छन्। शिवम् अधिकारीको कथा तथा पटकथा रहेको फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ।
उनीहरुका अलवा फिल्ममा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ। प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीले समेत अभिनय गरेको यो फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीलाई समेत दर्शकले देख्न पाउने छन्। रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।