सुचना, समाचार र मनोरन्जन

स्टार हुन सुरक्षालाई रहर नभएको हो?

काठमाडौं :

दर्शकमाझ आफुलाई स्टारका रुपमा लिने धेरै कलाकारहरु छन्। जो आफुलाई दर्शकले स्टार भने पनि नभने पनि स्टारका रुपमा लिन चाहान्छन्। तर सुरक्षा पन्तले आफू स्टार नभएर चन्द्रमा हुन चाहेको बताएकी छन्।

Pach Pandav

एक दर्जन भन्दा बढि फिल्ममा फरक फरक भुमिका निवार्ह गरेता पनि हिट अभिनेत्री हुन नसकेकी सुरक्षाले साउनको ३२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’को प्रचारका क्रममा चन्दमा हुन चाहेको भनेकी हुन्। उनी भन्छिन्,‘म चन्द्रमा हुन चाहन्छु । मलाई स्टार हुनु छैन । चन्द्रमा जसले सबैलाई उज्यालो दिन सक्छ । समुन्द्रमा आँधी ल्याउन सक्छ । स्टार त कती छ कती ?’

उनी स्टार हुँदाको समयमा आफु निकै सजक हुनुपर्ने बताउँछिन्। यदि कोही स्टार हुँदैछ भने त्यसको भुमिका राम्ररी निभाउनुपर्ने उनको तर्क छ।
‘यदि मेरो यात्रा स्टारतर्फ लाग्दैछ भने, मैले त्यसलाई राम्रोसँग निर्वाह गर्र्नुपर्छ भन्ने मलाई थाहा छ,’उनी उत्साहित हुँदै भन्छिन्,‘म भित्र त्यो निष्ठा भने छ ।’

Leave A Reply

Your email address will not be published.