सुचना, समाचार र मनोरन्जन

‘साङ्लो’मा पैसा डुबाएका विराजको ‘१२ गाउँ’बाट होला त उद्धार

काठमाडौं :

केहि वर्ष अघि फिल्म ‘साङ्लो’प्रदर्शनमा आएको थियो। फिल्मलाई अभिनेता विराज भट्टले आफै लगानी तथा निर्देशनको जिम्मा लिएका थिए। २ करोड हाराहारी लगानीमा निर्माण गरिएको यो फिल्म बक्स अफिसमा कमजोर बन्यो। फिल्मले हलबाट कमाई गर्न सकेन। डेब्यु निर्देशनमा नै उनलाई ठक्कर लाग्यो।

Pach Pandav

त्यसपछि हत्त पत्तफिल्म निर्माण गर्ने आँट उनले गरेनन्। लामो समयपछि उनी छोरालाई फिल्ममा डेब्यु गराउँदै अर्को फिल्म ‘१२ गाउँ’ निर्माण गरेका छन्। जुन फिल्म दसैंको समयमा प्रदर्शन हुनेछ। यो फिल्मका लागि निर्माण टिमले प्रचार शैलीका रुपमा नयाँ क्यारेक्टर पोष्टर रिलिज गरेका छन्। सार्वजनिक पोष्टरमा विराज भट्ट र उनका छोरा समीर भट्टलाई देख्न सकिन्छ।

पोष्टरमा यी दुबैको एक्सन अवतार देख्न सकिन्छ। भारतिय प्राविधिक तथा द्धन्द्ध निर्देशकको टिमलाई भित्राएर निर्माण गरिएको यो फिल्मबाट निर्देशक तथा निर्माता समेत रहेका विराजले निकै अपेक्षा गरेका छन्। पहिला डुबेको पैसा यसबाट उठाउने उनको दाउ छ। त्यो उठाउँछ कि उठाउँदैन यो फिल्म रिलिजपछि नै थाहा होला। तर फिल्मको पोस्टर भने निकै आकर्षक देखिन्छ। यहि फिल्मबाट भट्टले छोरा समिरका अलवा सनिषा भट्टराई, न्यान्सी खड्कालाई पनि डेब्यु गराएका छन्।

Leave A Reply

Your email address will not be published.