सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रधानमन्त्री ओलीले लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीसँग सामूहिक छलफल गर्दै

काठमाडौं /

प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग छलफल गर्दैछन्।

प्रधानमन्त्री ओलीसँग प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्री काठमाडौं आइपुगेका छन्।

संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयक छलफलमा प्रधानमन्त्रीले केही निर्देशन दिने जनाइएको छ।

आचार्य नेपाल कम्युनिष्ट पार्टी {एमाले}का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थनमा साउन ९ गते लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका थिए।

त्यहाँ एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपाने मन्त्रीको जिम्मेवारीमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.