सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरामा युवा दिवस: एमाले कास्कीको फरक कार्यक्रम, अब्बल ६ युवा सम्मानित

नेताहरुभन्दा युवाहरुका मन्तव्य धेरै सुनिए । युवाहरुको सम्मान भयो । युवाहरुकै सांगीतिक प्रस्तुति पनि । एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवा सम्मानित भए ।

पोखरा /

परम्परागतभन्दा बेग्लै तौरतरिकाबाट सोमबार पोखरामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यस अवसरमा नेकपा एमाले कास्कीले फरक शैलीमा कार्यक्रम गर्‍यो । नेताहरुभन्दा युवाहरुका मन्तव्य धेरै सुनिए । युवाहरुको सम्मान भयो । युवाहरुकै सांगीतिक प्रस्तुति पनि । एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवा सम्मानित भए ।

मोटिभेसनल स्पिकर रोहित मल्लले युवालाई प्रेरणा जगाए । कसरी देशमा युवाले केही गर्न सक्छन् भनेर सुनाए । गण्डकी विश्वविद्यालयका डीन डा. कपिल अधिकारीले विज्ञानसँग युवाको साइनोबारे बोले । उनले विज्ञानको विरोधमा छद्मविज्ञान प्रयोग हुने गरेको सुनाए । अधिवक्ता कुञ्जनी परियारले मानवअधिकार कानुन र आफ्ना अनुभव बाँडिन् ।

नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल आइडल करण परियार, नेपाल आइडलकी फस्ट रनरअफ सलोनी गुरुङ, इन्टरनेसनल स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी कलेजकी कोओर्डिनेटर शुष्मा रञ्जित, अधिवक्ता कुञ्जनी परियार सम्मानीत भए ।

चाटर्ड एकान्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावना खोतले । अनि एमाले नेता तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले परिवर्तनमा युवाको भूमिकाबारे आफ्ना संघर्ष र अनुभवसहितका विचार राखे । कार्यक्रममा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल आइडल करण परियार, नेपाल आइडलकी फस्ट रनरअफ सलोनी गुरुङ, इन्टरनेसनल स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी कलेजकी कोओर्डिनेटर शुष्मा रञ्जित, अधिवक्ता कुञ्जनी परियार सम्मानीत भए । विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्दै समाजलाई योगदान पुर्‍याएका युवालाई सम्मान गर्दै सहभागी युवालाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको एमाले कास्की सचिव लामाले बताए ।

.करण परियार :

रियालिटी शो नेपाल आइडलको सिजन ५ का विजेता करण परियार बर्दियामा जन्मिएका हुन् । संघर्षशील जीवनबाट आएका करणले असाधारण गायन क्षमताले धेरैको मन जितेका छन् । नेपाल आइडलको विजेता बनेसँगै गायन क्षेत्रमा सक्रिय भइरहनुपर्ने दबाबपूर्ण चुनौती करणलाई थपिएको छ । जादुमय स्वरका धनी करणलाई नेपाल आइडल बनेपछि २५ लाख रुपैयाँ नगदसहितको पुरस्कार पाएका थिए ।

उनी नेपाल आइडल बनेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवासमै बोलाएर गितार उपहारसहित बधाई दिएका थिए । अहिलेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत करणलाई बधाई ज्ञापन गरेका थिए ।

करणले दुःख छ, अभाव छलाई संघर्ष र मेहनतले उछिन्दै आफूलाई अब्बल गायक सावित गरेका हुन् । परम्परागत पेसा गर्नुपर्ने परिवारको निर्देशनलाई एकातिर पन्छाउँदै करणले जसै आफ्नो सपनाको बाटो अर्थात सांगीतिक यात्रा थालेका थिए, आखिर एउटा महत्वपूर्ण सफलता हाँसिल गरेकै छाडे ।

रियालिटी शो नेपाल आइडलको सिजन ५ का विजेता करण परियार बर्दियामा जन्मिएका हुन् । संघर्षशील जीवनबाट आएका करणले असाधारण गायन क्षमताले धेरैको मन जितेका छन् ।

.अरुणा शाही :

अरुणा नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तान हुन् । म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु पिप्लेमा जन्मिएकी अरुणाले १४ वर्षको हुँदादेखि नै भलिबल खेल्नु सुरू गरेकी थिइन् । २०७१ सालमा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसको ५ वर्षपछि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएकी छन् ।

उनले साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० लगायत थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । गत हप्ता घरेलु मैदानमा भएको काभा महिला नेसन भलिबलमा अरुणाकै नेतृत्वमा नेपालले रजत पदक जित्न सफल भयो । लिग चरणमा भारतलाई पराजित गर्दै नेपालले योपटक इतिहास समेत कायम गरेको थियो । पोखराको ज्ञानुबाबा स्कुलबाट एसइई गरेकी अरुणा गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयमा स्नातक गरिरहेकी छन् ।

अरुणा नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तान हुन् । म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु पिप्लेमा जन्मिएकी अरुणाले १४ वर्षको हुँदादेखि नै भलिबल खेल्नु सुरू गरेकी थिइन् ।

.सलोमी गुरुङ :

IVF Big

नेपाल आइडलको फस्ट रनरअप हुन् सलोमी गुरूङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ घर भई पोखरा चाउथे बस्ने सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी हुन् । नेपाल आइडलको उपविजेता बनेसँगै पोखरेली चेली सलोमीले गायन क्षेत्रमा एउटा फड्को मारेकी छन् ।

सलोमी पोखराकै एउटा मन्टेसरीमा शिक्षक छिन् । उनी पोखराकै बिग एफएमले २०७३ सालमा गरेको सातौं संस्करणको बिग आइकनको उत्कृष्ट ९ सम्म पुगेकी थिइन् । नेपाल आइडलको फस्ट रनरअफ हुँदा सलोमीले १० लाख रुपैयाँ नगदसहितको पुरस्कार पाइन् । फस्ट रनरअफ हुँदा पनि आफूलाई सन्तोष नै लागेको उनी बताउँछिन् । घरमा उनका बुबा, आमा र फूपू पनि संगीतमा रमाउँछन् । औपचारिक शिक्षा संगीतको नपाए पनि उनले घरमै सांगीतिक वातावरण भने पाएकी छन् ।

नेपाल आइडलको फस्ट रनरअप हुन् सलोमी गुरूङ । लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ घर भई पोखरा चाउथे बस्ने सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी हुन् ।

 

.डा. विकास गौचन :

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारले २०७७ सालमा काठमाडौंबाहिर पहिलोपटक पोखरामा संक्रामक रोग उपचार अस्पताल स्थापना गरेको थियो । संक्रामक तथा सरुवा रोग अस्पताल नाम दिइएको त्यही संस्थाको नेतृत्व गरिरहेका छन् डा विकास गौचन। २०७७ साल पुसदेखि अस्पतालको कार्यकारी निर्देशक छन् उनी । गौचनले सन् २००९ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस उत्तीर्ण गरेका हुन् ।

डा. गौचनले अमेरिकाको सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा छात्तवृत्ति २ वर्ष अध्ययनसमेत गरेका छन् । युनिभर्सिटी अफ लिभरपुलबाट छात्रवृत्तिमा पब्लिक हेल्थको अध्ययन पनि गरेका गौचन सरकारी अस्पतालमा काम गर्ने र निजी स्वास्थ्य संस्था र अस्पतालमा नजाने दुर्लभमध्येका एक चिकित्सक हुन् । हार्वर्ड मेडिकल स्कुलमा पनि छात्रवृत्तिमै प्रभावकारी स्वास्थ्य सम्बन्धी कोर्स गरेका उनले नेपालको दुर्गम अछामको बयलपाटा अस्पतालमा पनि सेवा गरिसकेका छन् ।

गौचनले सन् २००९ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस उत्तीर्ण गरेका हुन् । डा. गौचनले अमेरिकाको सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा छात्तवृत्ति २ वर्ष अध्ययनसमेत गरेका छन् ।

 

.कुञ्जनी परियार :

कुञ्जनी महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् । उनको आफ्नै जीवन पनि संघर्षले भरिएको छ । उनी बुवाको वात्सल्यबाट बञ्चित भइन् । तर संघर्षशील आमाको न्यायो मायामा हुर्किइन् । जुन आमाले जन्माइन्, दुखजिलो गरी संघर्षले हुर्काइन, पढाइन् र लेखाइन्, तिनै आमाको नामबाट नागरिकता पाउन भने कुञ्जनीले निकै गोता खाइन् ।

कुञ्जनी आज विभेद र अन्यायविरुद्ध तथ्य र तर्कसम्मत बहस गरेर न्याय दिलाउने ठाउँमा पुगेकी छन् । जाजरकोटका नवराज विकसहित ६ जनालाई लखेटी–लखेटी हत्या गरिएको घटनामा उनले वकालतमार्फत पीडितलाई न्याय दिलाउन सफल भइन् । पोखराकै एक वडाध्यक्षले एउटी महिला वडा सदस्यमाथि गरेको विभेदविरुद्धको मुद्दामा न्यायिक लडाइँ पनि कुञ्जनीले लडिन् । अनलाइनखबर डटकमले २०८० सालमा छानेका नेपालका ५० प्रभावशाली महिलामा कुञ्जनी पनि परेकी थिइन् ।

कुञ्जनी महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् । उनको आफ्नै जीवन पनि संघर्षले भरिएको छ । उनी बुवाको वात्सल्यबाट बञ्चित भइन् । तर संघर्षशील आमाको न्यायो मायामा हुर्किइन् ।

.शुष्मा रञ्जित :

शुष्मा इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी {आइएसएमटी}को क्याम्पस कोओर्डिनेटर हुन् । पोखरा विश्वविद्यालयबाट सन् २०१६ मा एमबिए उत्तीर्ण रञ्जितले प्रारम्भिकदेखि उच्च शिक्षसम्म पोखरामै अध्ययन गरिन् । स्नातकोत्तर पूरा गरेपछि नेपाली कफी ब्रान्ड हिमालयन जाभा पोखरामा सन् २०१७ देखि २०१९ सम्म लेखापाल भएर काम गरिन् । त्यहाँ काम गरिरहँदा पनि उनले दुई वटा कलेजमा अध्यापन पनि गराउन भ्याइन् । ला–ग्राण्डी कलेजमा एक वर्ष, पोखरा लिंकन कलेजमा करिब ४ वर्ष पार्ट–टाइम लेक्चरर भएर अध्यापन गराइन् । सन् २०१८ देखि भने उनी आइएसएमटीसँग आबद्ध छिन् । पोखरा रानीपौवा निवासी रञ्जित पोखरामै हुर्किएर, यहीँ आफ्नो सीप शैक्षिक क्षेत्रमा खर्च गरिरहेकी एक युवा हुन् ।

शुष्मा इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी {आइएसएमटी}को क्याम्पस कोओर्डिनेटर हुन् । पोखरा विश्वविद्यालयबाट सन् २०१६ मा एमबिए उत्तीर्ण रञ्जितले प्रारम्भिकदेखि उच्च शिक्षसम्म पोखरामै अध्ययन गरिन् । स्नातकोत्तर पूरा गरेपछि नेपाली कफी ब्रान्ड हिमालयन जाभा पोखरामा सन् २०१७ देखि २०१९ सम्म लेखापाल भएर काम गरिन् ।

Leave A Reply

Your email address will not be published.