सुचना, समाचार र मनोरन्जन

कार्तिक ३० मा नीता र हरिहरको ‘ह्रस्व दीर्घ’

काठमाडौं :

जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको हो।

अभिनेत्री नीता ढुंगानाको निर्माण भएको फिल्म कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनीले दिएको छ। हाल फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भैरहेको छ।

दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने फिल्म पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए। नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई वलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्। फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिव पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली फिल्म हो।

अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ। विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.