काठमाडौं :
फिल्म “सरी मम”को विशेष प्रदर्शनी गरिएको छ । हिसान बागमती प्रदेश र एन.एफ.आई क्रियसनको सहकार्यमा लागूऔषध दुव्र्यसन विरुद्धको सह-चेतना कार्यकम संगै ‘सरी मम’ सिनेमा देखाईएको हो ।
विद्यालयमा प्रदर्शन गर्नका लागि बिद्यार्थीको लागि ओरदर्शन उपर्युक्त हुने नहुने निर्क्योल गर्नका लागि पहिला सिनेमा हिसान काठमाडौं , भक्तपुर ,ललितपुर ,काभ्रेका अध्यक्ष लगायत प्याब्सनका सरहरु र हिसानका शिक्षकहरुलाई यही भाद्र ८ गते बिहान आईएनआई सिनेमा हल नया बानेश्वरमा सिनेमा देखाइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी हिसानका रमेश कुमार सिलवाल रहेका थिए भने लागू औषध नियन्त्रण ब्युरो प्रमुख दिनेश कुमार आचार्यको विशेष आतिथ्यता रहेको थियो ।लागू औषध नियन्त्रण ब्युरो प्रमुख दिनेश कुमार आचार्यले लागू औषध पछिल्लो समय सबै तिर विकराल रुपमा फैलिएको र नियमन्त्रणका लागि आफुहरुले सक्दो कदम चालिरहेको बताए। उनले स्थानिय तथा परिवारले पनि यो नियन्त्रणमा चासो दिनुपर्ने भनाई राखे।
नविन बोगटीको निर्देशनमा निर्माण भएको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।