सुचना, समाचार र मनोरन्जन

पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसनको २४ औँ वार्षिक साधारण सभा

पोखरा/
पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्कीको २४ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती स्मारिका विमोचन समारोह शनिबार पोखरामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अथिति एवम् ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले ग्रिल तथा स्टिल व्यवसायको इतिहासको चर्चा गर्दै ११ हजारभन्दा बढी व्यवसायीले भोग्नु परेको साझा समस्या र सास्तीलाई सम्बोधन गर्न महासंघ प्रतिबद्ध भएको जनाए । श्रेष्ठले राज्यको नीतिकै कारण व्यवसायी पलायन हुँदा अब व्यवसाय दोस्रो पुस्तामा हस्तान्तरण गर्न कठिनाइ भएको बताए ।

२४ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती स्मारिका विमोचन समारोहमा ग्रिल तथा स्टिल व्यवसायी महासंघका महासचिव विवेकदास श्रेष्ठ, उपाध्यक्ष तथा महिला समिति अध्यक्ष विष्णुमाया उचही थापा, ग्रिल तथा स्टिल संघ काठमाडौँका अध्यक्ष सुनिलकुमार अमात्य, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार रनबहादुर विश्वकर्मा, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, इलेक्ट्रिक्स एसोसिएसनका अध्यक्ष नारायण सुवेदी, ई. किसानसिंह गुरुङ, ई. रमेश बास्तोला, ई.नारायण बास्तोला , ई. विश्वप्रसादा कर्माचार्य लगायतका वक्ताले उद्योगी व्यवसायीले झेलेका कठिनाइ र समस्यालाई यथाशीघ्र सम्बोधन गर्न एसोसिएसनले पहल गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले रजत वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा संस्था स्थापनाको २५ औँ वर्षको सन्दर्भमा प्रकाशित रजत जयन्ती स्मारिका–२०८१ विमोचन गरिएको छ । स्मारिकाको संयोजन र सम्पादन ई. विश्वप्रसाद कर्माचार्यले गरेका थिए ।

एसोसिएसनमा आबद्ध सदस्यका सन्तान आकृति बराल, होम राना र रोजिना गिरीलाई २०८१ सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेकोमा सम्मान गरिएको थियो । एसोसिएसनले नारायण वास्तोला, अशोक गुरुङ र ईश्वरीप्रसाद बास्तोलालाई मानार्थ सदस्य प्रदान गरेको छ ।

साधारण सभाको बन्द सत्रमा महासचिव भीमप्रसाद आचार्यद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिव गिरीको कोषाध्यक्षको प्रतिवेदन र बि.पि. बराल एण्ड एसोसिएट्सद्वारा तयार गरिएको आ.व. २०८०÷२०८१ को लेखा परीक्षण प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ ।

एसोसिएसनका अध्यक्ष वासुदेव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव भीमप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.