सुचना, समाचार र मनोरन्जन

मेयर आचार्यको पहलमा पोखराको विकास: पतञ्जलिसँग सहकार्यद्वारा नयाँ सम्भावना

पोखरा/

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पतञ्जलि आयुर्वेदका अध्यक्ष आचार्य श्री बालकृष्णलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गरेका छन्। यस महत्वपूर्ण अवसरमा, मेयर आचार्यको दूरदृष्टिले पोखरालाई योग, आयुर्वेद, र प्राकृतिक चिकित्सा क्षेत्रको केन्द्रका रूपमा उभ्याउन नयाँ सम्भावनाहरूको ढोका खोल्ने छ।

यसअघि, नेपालका विभिन्न जनप्रतिनिधिहरूलाई हरिद्वारमा निमन्त्रणा गरी सम्भाव्य परियोजनाहरूको प्रस्तुति गरिएको थियो। त्यो संवादलाई अगाडि बढाउँदै, आजको बैठकमा पतञ्जलिका तर्फबाट प्रस्तावित परियोजनाहरूको फलोअप बैठक आयोजना भएको छ। यो बैठकले पोखरामा ठूला परियोजनाहरू सञ्चालन गर्ने अवसरलाई बल पुर्‍याउने विश्वास गरिएको छ।

मेयर धनराज आचार्यको नेतृत्वमा, पोखराले स्वास्थ्य, पर्यटन, र आयुर्वेद क्षेत्रमा नयाँ उचाइ हासिल गर्नेछ। यो सहकार्यले महानगरको समग्र विकासलाई गति दिने मात्र होइन, जनताको स्वास्थ्य र समृद्धिको लागि दीर्घकालीन लाभ सुनिश्चित गर्नेछ। आचार्य श्री बालकृष्णले आजको बैठकमा प्रस्तावित परियोजनाहरू प्रस्तुत गर्नु हुनेछ, जसले पोखराको भौतिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धनराज आचार्यको सक्रियता र पतञ्जलिसँगको सहकार्यले पोखरालाई नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नयाँ पहिचान दिनेछ। यसले महानगरलाई योग र आयुर्वेदको हबका रूपमा स्थापित गर्ने दिशामा एक ठोस कदम हुनेछ। मेयर आचार्यको यो पहलले पोखराको प्रगति र समृद्धिको मार्ग प्रशस्त गर्नेछ।

Leave A Reply

Your email address will not be published.