सुचना, समाचार र मनोरन्जन

२५ औं आदर्श कप मंसिर २२ देखि २९ सम्म

पोखरा/

२०७५ को कोभिड महामारी पछि सुनसान बनेको भण्डारढीक खेल मैदान फेरी पुरानै लयमा फर्किदैछ । दर्शकको हुटिङ र सांगीतिक माहोलमा २५ औं संस्करणको आदर्श कप आगामी मंसिर २२ देखि २९ गते सम्म हुने आयोजक आदर्श युवा क्लवले सामाजिक संजाल मार्फत जानकारी दिएको छ।

Pach Pandav

कोभिड र आर्थिक मन्दीका कारण रोकिएको ‘२५ औं आदर्श कप’ मंसिरमा आयोजना हुने बारे स्थापना दिवसमा प्रतिबद्धता गरेका नवनिर्वाचित अध्यक्ष पदम गुरुङले सबै संग सल्लाह गरेपछि आईतबार मिति सार्बजनिक गरेको बताएका छन्।

चाडबाडहरु को लहर संगै प्रतियोगिताको तयारीमा जुटेका गुरुङले पहिलेको जस्तै प्रायोजक, सहयोगी, संचार माध्यम तथा शुभ चिन्तकहरुको साथ र सहयोगको अपेक्षा गरेको लेखनाथ खबरलाई जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.