सुचना, समाचार र मनोरन्जन

हिरो बराबरकै पारिश्रमिक लिन्छिन् पूजा शर्मा,एउटा फिल्म खेलेकै २५ लाख

काठमाडौं :

नेपालको सर्वाधिक महँगो अभिनेत्रीका रुपमा पूजा शर्मा रहेकी छन्। उनले नेपालमा नै हिरो बराबरको पारिश्रमिक लिने गरेकी छन्। उनी बाहेक अरु कोही पनि यति महँगो अभिनेत्री छैनन्। उनको एउटा फिल्ममा काम गरेको २५ लाख लिने गरेकी छन्।

Pach Pandav

हालै एक टेलिभिजन अन्तरवार्तामा उनले आफुले पारिश्रमिक एउटा फिल्म बराबर २५ लिने गरेको खुलासा गरेकी छन्। उनले फिल्म खेल्दा नै सुरुवातमा ३ लाख लिएको उक्त अन्तरवार्तामा भनेकी छन्।पूजा आफैले निर्माण गरेको फिल्म ‘रावायण’शुक्रबारबाट हलमा चलिरहेको छ। कतै फिल्म हलमा हाउसफूल रहेको समाचार बाहिरिएका छन् भने कतै ठिकठिकै व्यापार गरेको छ।

चर्चाको हिसाव गर्ने हो भने उनी जतिको कुनै पनि हिरोइनले पारिश्रमिक लिएको थाहा छैन्। उनीपछि सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा साम्राज्ञीराज्य लक्ष्मी रहेकी थिएन्। उनी अभिनित फिल्म लण्डन टु पेरिस असफल भएपछि उनको हातमा फिल्म नै परेको छैन्।

नेपालमा अधिकांश हिरोहरुले २५ लाख बराबर नै पारिश्रमिक लिने गरेका छन्। अलिक महँगोमा अनमोल केसी,प्रदीप खड्का,पल शाहले ५० लाख लिन्छन्। यता अभिनेता दयाहाङ राई,विपिन कार्कीले ३५ देखि ४० सम्म लिदै आएको चर्चा छ।

Leave A Reply

Your email address will not be published.