सुचना, समाचार र मनोरन्जन

‘रुकुम मैकोट’ गीत चर्चामा : जापान र दक्षिण कोरियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री

काठमाडौं :

आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ यतिबेला ‘रुकुम मैकोट’ गीतका कारण चर्चामा रहेको छ। यो गीतले चर्चा पाएसँगै यो फिल्मको विदेशी कपिराइटस् पनि बिक्री हुन थालेको छ। २ साताअघि युट्युबमा रिलिज भएको यो गीत लगभग ३५ लाख भन्दा बढिले यो गीतलाई हेरिसकेका छन् । मुखैमा झण्डिने शब्द भएको हुनाले पनि होला यो गीतमा सयौंको संख्यामा टिकटक र रिल्सहरु बनेको देख्न सकिन्छ।

Pach Pandav

गीतको चर्चासँगै यो फिल्मलाई जापान र दक्षिण कोरियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ । निर्देशक अशोक थापा मगरका अनुसार राम्रै मुख्यमा विदेशमा बेचेको नकारी दिएका छन्। अन्य केही देशका लागि पनि यतिबेला कुरा भइरहेको उनले बताए । विदेशमा फिल्मको माग बढिरहेकोमा उनले खुसी व्यक्त गरे ।

निर्देशक मगर स्वयंको लेखन रहेको ‘खुस्मा’मा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, सुजाता राई, खड्कबहादुर पुन, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर लगायतको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.