सुचना, समाचार र मनोरन्जन

सलोन बस्नेत ‘रंगी’नामक फिल्म निर्माण गर्दै,कलाकार चयन केहि दिनमा

काठमाडौं :

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।
सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ। निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्। फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन्।

फिल्मका प्रस्तुतकर्ता बस्नेतका अनुसार कलाकार एक साताभित्रमा फाइनल भइसक्नेछन्। परिचयसँगको कुराकानीमा उनले भने,‘अहिले कलाकार छनोटको काम गर्दैछौँ। एक साता भित्रमा टुङ्गो लाग्नेछ।’यसअघि सलोनले फिल्म ‘जय हो’मा आफ्नै घरको व्यानरमा अभिनय गरेका थिए।

Leave A Reply

Your email address will not be published.