काठमाडौं :
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो।
यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ। हरेक १५- १५ दिनमा पेट्रोलियम पदार्थको मुल्य घटबढ हुँदै आएकोछ। सोही अनुसार आज १५ तारिखमा यो मुख्य घटबट भएको हो।
नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल÷मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ ।