पोखरा : नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नेपालमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्रीवितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २००अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ ।
नयाँ बजाज एनएस२०० मापावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसका लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ। यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण–डिजिटल कन्सोल हो।
जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धनखपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन,उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।
यस बारे बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने,“हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं। एनएस २०० पहिले नै नेपाली राइडरहरूको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरूको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोलसहितको एनएस २०० नेपालमा भित्राएका हौं ।”
नयाँ बजाज पल्सर एनएस २००को मुल्य रु. ४,४४,९००रहेको छ। ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्नेछन् ।