पोखरा : लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले लायन्स लिडरसिप इन्स्टिच्युट तालिम सम्पन्न गरेको छ।
पोखराको माउन्ट ग्लोरी रिसोर्टमा भदौ २७ देखि २९ गतेसम्म सञ्चालित तालिमबाट ५९ जना क्लब प्रेसिडेन्टहरू दिक्षित भए । सहभागीहरूलाई अन्नपूर्ण, मकालु, धौलागिरी र माछापुच्छ्रे गरी ४ वटा समूहमा विभाजन गरी तालिम प्रदान गरिएको थियो ।
तालिममा मुख्य वक्तका रुपमा बोल्दै पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले प्रेसिडेन्टको क्लबमा हुने भूमिका र लिडरसिपको महत्वको बारेमा जानकारी दिए । त्यस्तै अर्का मुख्य तालिमकर्ता इन्द्र बहादुर गुरुङले राम्रो टिम कसरी बनाउने, समूहमा काम गर्दा आउने समस्याको समाधान लगायतका नेतृत्वकर्तामा हुनुपर्ने विभिन्न गुण र कार्यशैलीको बारेमा ज्ञान दिए ।
लायन्स लिडरहरूका लागि अति महत्वपूर्ण यो तालिममा टिम अन्नपूर्ण उत्कृष्ट भएको थियो । त्यस्तै एलएलआई आईडलका रुपमा लायन्स क्लब अफ पोखरा पिस भ्यालीका प्रेसिडेन्ट लायन राजन पन्थी र लायन्स क्लब अफ बागलुङ गलकोट परिचयकी प्रेसिडेन्ट लायन धनमाया खड्काथोकी पुरस्कृत भए ।
तालिम कार्यक्रमको सभापती तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे की डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफूले यो वर्ष अघि सारेका विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी दिइन् । उनले नेतृत्व सफल हुन सबैले समूहगत रुपमा उत्कृष्ट कार्य गर्नुपर्ने बताइन् । फस्ट पर्सन तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन ध्रुब थापा, पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टाले तालिममा सहभागी सबैलाई बधाई दिँदै सिकेका कुरालाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गरे ।
त्यस्तै फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै यो वर्ष उत्कृष्ट कार्य गर्ने प्रेसिडेन्ट नै जोन चियरपर्सनमा पदोन्नती हुने बताए । उनले क्लबमा सर्भिसका गतिविधि बढाउन पनि आग्रह गरे । तालिमको संयोजन डेपुटी चिफ एडभाईजर लायन देवी गुरुङ तथा सह संयोजन डेपुटी चिफ एडभाईजर लायन बिमला श्रेष्ठ र चिफ पिआरओ लायन रामराजा थापाले गरेका थिए । तालिम कार्यक्रममा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोला, क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारी, क्याबिनेट ट्रेजरर लायन कल्पना थापा, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, असिस्टेन्ट चिफ एडभाईजर लायन नारायणकाजी श्रेष्ठ, बागमती, गण्डकी र धौलागिरी क्षेत्रका एरिया चिफहरू लगायतको उपस्थिती थियो ।
डिष्ट्रिक्टले प्रत्येक वर्ष प्रेसिडेन्टहरूका लागि यो तालिम प्रदान गर्दै आइरहेको छ । यो तालिममा सहभागी सबै लिडरको नेतृत्व क्षमता वृद्धि हुने भएकाले डिष्ट्रिक्टले विशेष प्राथमिकताका साथ तालिम प्रदान गरेको डिष्ट्रिक्ट ३२५ जे का चिफ पिआरओ लायन रामराजा थापाले जानकारी दिए । उनले तालिममा लायन्स क्लबका साथै आफूले सम्हाँल्दै आएको पेशा तथा संस्थागत जिम्मेवारीको भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने ज्ञान दिइएकाले तालिमपश्चात् सबैको दैनिक जीवनमा समेत सकारात्मक परिवर्तन आउने विश्वास लिइएको बताए ।